Kathmandu Press

कानुन पढ्न आकर्षित थारू समुदायका छात्रा

तुलसीपुर, असोज ५ : पढ्ने चाहना हुन्छ, तर घरको आर्थिक अवस्थाले धान्दैन र बीचमै पढाइ छाड्नुपर्ने बाध्यता हुन्छ। गरिबीले घेरेको हाम्रो समाजको एउटा बाध्यता...
कानुन पढ्न आकर्षित थारू समुदायका छात्रा

तुलसीपुर, असोज ५ : पढ्ने चाहना हुन्छ, तर घरको आर्थिक अवस्थाले धान्दैन र बीचमै पढाइ छाड्नुपर्ने बाध्यता हुन्छ। गरिबीले घेरेको हाम्रो समाजको एउटा बाध्यता यही हो। पढाइमा दख्खल हुनेहरू पनि अर्थाभावकै कारण पढाइबाट बञ्चित हुनुपर्छ। तर कतिपय अवस्था यस्तो भइदिन्छ ‘जहाँ इच्छा त्यहाँ उपाय ।’ लमही नगरपालिका–९ अमिलिया निवासी रामकुमारी चौधरीको कानुन पढ्ने इच्छा थियो।

घरको अवस्था निकै कमजोर थियो। घरबाट उनको पढाइ खर्च जुटाउन हम्मेहम्मे पर्छ । तर पनि उनले ‘कानुन’ पढ्ने इच्छा जाहेर गरेपछि उनलाई घरपरिवारको पूर्ण समर्थन छ। अहिले उनले ‘कानुन’ विषय पढिरहेकी छन् । ‘मेरो घरको आर्थिक अवस्था निकै कमजोर छ, घरबाट पढाउन सक्ने अवस्था छैन,’ उनले भनिन्, ‘तर मैले इच्छा राखेपछि जसरी पनि पढाउने बचन दिएपछि अहिले मैले कानुन विषय पढिरहेकी छु।’

तुलसीपुर उपमहानगरपालिका–१२ स्थित मेट्रो कलेजमा कानुन विषयमा स्नातक (बिएएलएलबी) पढाइ सुरु भएपछि अहिले उनी त्यही पढिरहेकी छन्। उनको एउटै इच्छा छ अधिवक्ता (लयर) बन्ने। ‘सकेसम्म न्यायाधीश बन्ने इच्छा हो,’ उनले भनिन्, ‘यदि त्यो सकिएन भने पनि अधिवक्ता बन्ने ठूलो धोको हो।’

Hardik ivf

तुलसीपुर–११ निवासी सरु चौधरीको पनि घरको आर्थिक अवस्था कमजोर नै हो। उनलाई घरबाट पढाइ खर्च पु¥याउन हम्मेहम्मे पर्छ। तर उनको इच्छा कानुन विषय पढ्ने रह्यो र घरपरिवारले पनि समर्थन गरेपछि अहिले उनले कानुन विषय पढिरेकी छन्। 

दाङ थारू समुदायको बाहुल्यता भएको जिल्ला हो। तर दाङमै कानुन विषय पढेका महिला बिरलै छन्। यसले पनि उनीहरूलाई कानुन विषय पढ्ने कुराले झक्झक्यायो । 

‘कानुन पढेका थारू समुदायका महिला त थुप्रै हुनुहुन्छ,’ सरुले भनिन्, ‘तर महिला बिरलै भएकाले पनि हामीले कानुन विषय पढ्ने इच्छा राखेका हौंँ ।’ 

कानुन विषय पढ्न रु चार लाख हाराहारी खर्च लाग्छ। अहिले कलेजमा कानुन पढ्ने विद्यार्थीमध्ये बढी छात्रा छन्। ४६ विद्यार्थीमध्ये २६ छात्रा रहेको कलेजका प्रशासन प्रमुख सुधासुमन ढकालले बताए । तीमध्ये छ थारू समुदायका छन् । थारू समुदायकामध्ये एक जनामात्रै छात्र हुन्, अरु सबै छात्रा रहेका छन् । कानुन विषयमा छात्राको आकर्षण बढिरहेको छ। 

रामकुमारी कानुनमा प्रथम

विद्यार्थीको शैक्षिकस्तर बढाउन सहज वातावरण हुनुपर्छ। रामकुमारी चौधरीको एसइईमा गणित विषयमा कम ग्रेड आएको थियो। गणितको ग्रेड वृद्धि परीक्षामा पास गर्न उनी तुलसीपुरमै कोठा भाडा लिएर बसिन् । 

गणितमा पनि पास भएपछि उनले तुलसीपुरमै बसेर कानुन विषय पढेकी छन्। त्यतिबेला तुलसीपुरको हिमाल एकेडेमीमा कानुन विषय पढिन्। उनको इच्छा कानुन विषय पढ्ने नै थियो। त्यसैले पनि उहाँको नतिजा पनि उत्कृष्ट आयो। उनी कक्षाको प्रथम भइन्। 

नतिजा पनि राम्रो भएपछि उनले कानुन विषयमा स्नातक पढ्ने रहर गरिन्। अहिले नियमितरूपमा तुलसीपुरमै कानुन विषय पढिरहेकी छिन्।

सारथी बनेको दिदीघर

जिल्लामा कानुन विषय पढेका महिलाको सङ्ख्या बिरलै छ। त्यसैले महिलाले पनि कानुन पढ्नुपर्छ भनेर नै आफूले सहयोग गरेको दिदी घर संस्थाका अध्यक्ष स्यानी चौधरीले बताइन्। 

आफ्नै पहलमा उनीहरूलाई कानुन पढ्न लगाएको र पढाइका लागि नियमित सहयोग गरिरहेको उनले बताइन्। चौधरीका अनुसार मासिक रु दुईरदुई हजार सहयोग गर्ने गरेको उनको भनाइ छ।
 

प्रकाशित मिति: ११:१८ बजे, मंगलबार, असोज ५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्