हेग लगे त म विश्वकै हिरो भएर निस्किन्छु : प्रचण्ड (भिडियाेसहित)
काठमडौं, साउन १३ : नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूलाई हेग लगे हिरो बन्ने प्रतिक्रिया दिएका छन्।
आज आफ्नै निवास खुमल....
काठमडौं, साउन १३ : नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूलाई हेग लगे हिरो बन्ने प्रतिक्रिया दिएका छन्।
आज आफ्नै निवास खुमल्टारमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका ब्यूरो सदस्य तथा बारा जिल्लाका पूर्वसचिव रमण घिमिरेलगायतका नेता तथा कार्यकर्तालाई नेकपाका स्वागत गर्दै हेगको प्रसंग निकालेका हुन।
‘आज पनि म हेर्दै थिए। एउटाले लेखेको थियो, १३ हजार मान्छे मारेको, १३ हजार स्कुल भत्काएको, १३ हजार मन्दिर भत्काएको, त्यस्तोलाई पनि राजनेता मान्ने?,’ उनले नेता तथा कार्यकर्तालाई सम्बोधन गर्दै भने, ‘यो एउटा डिजाइनअन्तर्गत भइरहेको छ।’
उनले यसमा परिवर्तन नचाहने तत्व लागेको बताए। ‘हेग लगेर पनि मलाई केही फरक पर्दैनँ। हेग लगे त म विश्वकै हिरो भएर निस्किन्छु। संसारले मलाई चिन्ने हुन्छ, संसारभरको जनताले यो त न्यायको पक्षमा रहेछ। शान्तिको पक्षमा रहेछ भन्ने थाहा हुन्छ,’ नेता कार्यकतासँग संवाद गर्दै प्रचण्डले भने, ‘त्यो त मेरो लागि गर्वको कुरा हुन्छ। मलाई लाग्दैन, यिनीहरूले (हेग) लग्छन र हिरो बनाउँछन।’
उनले संघीय लोकतान्त्रिक गणतन्त्र रहेसम्म कोही पनि कमजोर नहुने उनको भनाइ थियो। संघीय लोकतान्त्रिक गणतन्त्र रहँदासम्म जहाँ लगेपनि हिरो बन्ने उनले बताए।
प्रचण्डले भने, ‘संघीय लोकतान्त्रिक गणतन्त्र ल्याउने नेताहरुविरुद्ध षड्यन्त्र र प्रचार गरेर सिध्याइयो भने व्यवस्था पनि सिध्याउन सकिन्छ भन्नेमा प्रतिक्रियावादी रहेका छन् । संघीय लोकतान्त्रिक गणतन्त्र रहँदासम्म हामी कोही पनि कमजोर हुँदैनौँ।’
प्रचण्डले भने, ‘हामीले खोजेको योभन्दा धेरै थियो । अहिलेको देश, विश्व र शक्ति सन्तुलनले गर्दा प्राप्त उपलब्धिमा टेकेर अगाडि जाने भनेर आएको हो।’ प्रचण्डले क्रान्ति दुईचार जनाको रहरले हुने कुरा नभएको पनि बताए । उनले भने, ‘पार्टीमा प्रवेश गर्ने नेता तथा कार्यकर्ताहरुलाई उचित जिम्मेवारी दिइनेछ।’






