Kathmandu Press

राजधानी काठमाडौं साक्षर जिल्ला घोषित

काठमाडौ, असोज ४ : सङ्घीय मुलुकको राजधानी काठमाडौँ जिल्ला बल्ल साक्षर घोषित भएको छ । साक्षर घोषणा हुनेमध्ये काठमाडौँ ५५औँ जिल्लामा परेको छ...
राजधानी काठमाडौं साक्षर जिल्ला घोषित

काठमाडौ, असोज ४ : सङ्घीय मुलुकको राजधानी काठमाडौँ जिल्ला बल्ल साक्षर घोषित भएको छ । साक्षर घोषणा हुनेमध्ये काठमाडौँ ५५औँ जिल्लामा परेको छ ।

देशभरबाट आएर बस्ने यहाँका स्थायी र अक्सर बसोबास गर्ने बासिन्दालाई आँकडामा समावेश गरेर यो घोषणा गरिएको छ । काठमाडौँका विभिन्न पालिकास्तरमा साक्षर घोषणा भइसकेपछि समग्र जिल्लाको ९६ दशमलव ८८ प्रतिशत साक्षरता भएको मानेर आज जिल्लालाई पूर्ण साक्षर घोषणा गरिएको हो ।

Hardik ivf

अब काठमाडौँका १० वटा नगरपालिकामा स्थायी बासिन्दा रहेका साक्षर हुन बाँकी नागरिक १८ हजार ५३ रहेको काठमाडौँका शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख नन्दलाल पौडेलले जानकारी दिए ।

उनले उक्त आँकडा दुई वर्ष अघिको भएको र त्यसपछि पनि निरन्तर साक्षरताका कार्यक्रम जारी रहेकाले उक्त निरक्षर सङ्ख्या घट्दो भएको बताए । काठमाडौँ महानगरपालिका बाहेक अन्य पालिकाले घरधुरी सर्वेक्षणसहित अस्थायी बासिन्दालाई पनि गणना गरेका थिए ।

चालु आवमा भने साक्षर घोषणा हुने काठमाडौँ पहिलो जिल्ला भएको छ । यसअघि पछिल्लो समय अछाम जिल्ला साक्षर घोषणा भएको थियो भने प्रदेश नं २ का आठ जिल्लासहित अझै २२ जिल्ला साक्षर घोषणा हुन बाँकी छ । 

प्रकाशित मिति: २०:२१ बजे, सोमबार, असोज ४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्