Kathmandu Press

कर्णाली योजना आयोग सदस्य शाहीले दिए राजीनामा

सुर्खेत, असोज ४ : कर्णाली प्रदेश योजना आयोग सदस्य योगेन्द्र शाहीले आज (सोमबार) मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसमक्ष पदबाट राजीनामा दिएका छन्।उनले राजनीतिक घटनाक्रम र...
कर्णाली योजना आयोग सदस्य शाहीले दिए राजीनामा
Hardik ivf

सुर्खेत, असोज ४ : कर्णाली प्रदेश योजना आयोग सदस्य योगेन्द्र शाहीले आज (सोमबार) मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसमक्ष पदबाट राजीनामा दिएका छन्।

उनले राजनीतिक घटनाक्रम र व्यावहारिक समस्याका कारण अहिले आयोगमा रहन उचित नठानेर राजीनामा दिएको बताए। राजीनामा दिए पनि कर्णाली प्रदेशका लागि स्वंयसेवी भएर काम गर्न तयार रहेको उनको भनाइ छ।

शाही एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपा अस्तित्वमा रहँदैखेरि कर्णाली योजना आयोगको सदस्य भएका थिए। नेकपामा विभाजन आएपछि उनी एमालेमै थिए। सोही कारण उनले राजीनामा दिनुपरेको बताइएको छ। 

प्रकाशित मिति: १७:४२ बजे, सोमबार, असोज ४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्