दार्चुला र आसपासका जिल्लामा भूकम्पको धक्का महसुस
काठमाडौं, असोज ४ : दार्चुलामा आज (सोमबार) भूकम्पको धक्का महसुस गरिएको छ।दार्चुलाको खार्रालाई केन्द्रबिन्दु बनाएर ४ दशमलव २ म्याग्निच्युडको भूकम्प धक्का महसुस गरिएको...
काठमाडौं, असोज ४ : दार्चुलामा आज (सोमबार) भूकम्पको धक्का महसुस गरिएको छ।
दार्चुलाको खार्रालाई केन्द्रबिन्दु बनाएर ४ दशमलव २ म्याग्निच्युडको भूकम्प धक्का महसुस गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।
केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार अपराह्न ४ बजेर ३० मिनेटमा धक्का महसुस गरिएको हो।
बैतडी, डडेल्धुरा, डोटीलगायत जिल्लामा पनि भूकम्पको धक्का महसुस गरिएको स्थानीय प्रशासनले जनाएको छ।
प्रकाशित मिति: १७:२६ बजे, सोमबार, असोज ४, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












