Kathmandu Press

वाइडबडी जहाजमा ३६ हजारमै जापान उड्न पाइने

काठमाडौं, साउन १३ : नेपाल वायुसेवा निगमले काठमाडौं–ओसाकाको भाडादर एकतर्फी ३६ हजार नौ सय ९९ रुपैयाँ तोकेको छ।

निगमले भदौ १२ देखि जापानक....

वाइडबडी जहाजमा ३६ हजारमै जापान उड्न पाइने
फाइल फोटो

काठमाडौं, साउन १३ : नेपाल वायुसेवा निगमले काठमाडौं–ओसाकाको भाडादर एकतर्फी ३६ हजार नौ सय ९९ रुपैयाँ तोकेको छ।

निगमले भदौ १२ देखि जापानको ओसाका उडान गर्दै छ। यसका लागि निगमले प्रर्वद्धनात्मक रुपमा भाडादर तय गरेको हो।

ओसाकाको दुईतर्फी ७२ हजार आठ सय १४ रुपैयाँ भाडा तय गरेको नेपाल वायुसेवा निगमका प्रवक्ता गणेश चन्दले बताए। उनका अनुसार केही समयपछि नयाँ भाडादर तोकिनेछ।

निगमले एयरबस ३३०–२०० सिरिजको जहाजमार्फत जापानको आसाका उडान भर्न लागेको हो। साताको तीन दिन मंगलबार, बिहीबार र शनिवार उडान भर्नेगरी उडान तालिका समेत सार्वजनिक गरिसकेको छ।

काठमाडौं–ओसाकाको उडान अवधि सात घन्टाको हुनेछ। निगमले एकवर्ष अघिनै वाइडबडी जहाज खरिद गरेको भएपनि लामो गन्तव्यमा उडान गर्न सकेको छैन। जसका कारण छोटै दूरीमा उडान भर्र्दै आएको छ।

निगमले यसअघि असार १९ मा जापान उडान सुरू गर्ने बताएको भएपनि टिकट बुकिङ नभएको भन्दै रद्द गरेको थियो। जहाज अभावका कारण सन् २००७ यता निगमको जापान उडान रोकिएको छ।

निगमले सन् १९९४ देखि सन् २००७ सम्म साताका दुई उडान भर्ने गरेको थियो। त्यतिबेला बोइङ ७५७ सिरिजको न्यारोवडी जहाजले ओसाका उडान भर्दै आएको थियो।

प्रकाशित मिति: १४:२५ बजे, सोमबार, साउन १३, २०७६