कांग्रेस र राजपाको नाराबाजीले संसद् बैठक स्थगित
काठमाडौं, साउन १३ : कांग्रेस र राजपाका सांसदले सर्लाहीका विभिन्न तीन घटना छानविनका लागि संसदीय समिति गठन गर्न माग गर्दै नाराबाजी गरेपछि संसद् बैठक स्थ....
काठमाडौं, साउन १३ : कांग्रेस र राजपाका सांसदले सर्लाहीका विभिन्न तीन घटना छानविनका लागि संसदीय समिति गठन गर्न माग गर्दै नाराबाजी गरेपछि संसद् बैठक स्थगित भएको छ।
दुवै पार्टीले असार २५ गते नै संसदीय समिति गठन गर्न माग गर्दै रोस्टम घेराउ गरेका थिए। सांसदहरूको नाराबाजीबीच नै सभामुख कृष्णबहादुर महराले सचिव गोपालनाथ योगीलाई राष्ट्रियसभाबाट प्राप्त सुझाव पढ्न लगाएर संदनको कारबाही अघि बढाएका थिए।
त्यसयता विविध कारण देखाउदै संसद् चल्न सकेको थिएन। आज संसद्को बैठक सुरू हुने वितिक्कै कांग्रेस र राजपाका सांसदले ‘संसदीय सर्वोच्चता कायम गर’ भन्दै नाराबाजी गरेको हुन।
सभामुख महराले नाराबाजी गरिरहेका सांसदलाई आ–आफ्नो आसनमा बस्न आग्रह गरेका थिए। सांसदहरूले नमानेपछि सभामुख महराले साउन १५ गते बिहान ११ बजे बस्ने गरी संसद्को बैठक स्थगित गरेका छन्।

-1784896419.png)









