Kathmandu Press

छुट्टाछुट्टै सवारी दुर्घटनामा तीनजनाको मृत्यु

काठमाडौं, असोज ४ : भक्तपुर, झापा र सुनसरीका छुट्टाछुट्टै स्थानहरूमा भएको सवारी दुर्घटनामा परी तीनजनाको मृत्यु भएको छ। भक्तपुरको सूर्यविनायक नगरपालिका–२ बालकोटस्थित सडकमा लु४त...
छुट्टाछुट्टै सवारी दुर्घटनामा तीनजनाको मृत्यु

काठमाडौं, असोज ४ : भक्तपुर, झापा र सुनसरीका छुट्टाछुट्टै स्थानहरूमा भएको सवारी दुर्घटनामा परी तीनजनाको मृत्यु भएको छ। 

भक्तपुरको सूर्यविनायक नगरपालिका–२ बालकोटस्थित सडकमा लु४त ४६८२ नम्बरको ट्याक्टर ईन्जिनको भाग माथि उठी आफैं अनियन्त्रित भई आइतबार दिउँसो दुर्घटना हुँदा ट्याक्टर चालक भक्तपुर बालकोट बस्ने बर्दिया राजपुर घर भएका २५ वर्षीय रोशन चौधरीको मृत्यु भएको छ।

Hardik ivf

ट्याक्टरको स्टेरिङमा च्यापिन गई गम्भीर घाईते भएका उनको मध्यपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। 

झापाको अर्जुनधारा नगरपालिका(२ घर्लेनी टोलस्थित सडकमा ना।१ क ५४०० नम्बरको क्रेनबाट लडेर मदन भण्डारी लोकमार्गको पुल निर्माण गर्ने रसवागढी कन्ट्रक्सनका कामदार सप्तरी बोधेबर्साइन बस्ने ३५ वर्षीय जोगेन्द्र प्रसाद साहको आइतबार साँझ मृत्यु भएको छ।

उक्त क्रेनबाट लडि क्रेनको पछाडीको चक्काले किच्दा उनको घटनास्थलमै मृत्यु भएको हो। 

सुनसरीको धरान उपमहानगरपालिका–८ सेउती जंगलस्थित सडकमा हाल नम्बर नखुलेको मोटरसाइकल आफैँ अनियन्त्रित भई सोमबार बिहान दुर्घटना हुँदा मोटरसाइकलमा सवार मोरङ ग्रामथान गाउँपालिका–३ बस्ने २१ वर्षीय रोशन भगतको मृत्यु भएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको बिराट नरसिंह अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो। हाल फरार रहेका मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ।

प्रकाशित मिति: १५:५४ बजे, सोमबार, असोज ४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्