Kathmandu Press

लागूऔषधसहित दुई किशोर पक्राउ

काठमाडौं, असोज ४ : झापा र कास्कीबाट लागूऔषधसहित दुई किशोर पक्राउ परेका छन्।झापाको मेचीनगर नगरपालिका–४ राईसिंगस्थित नेपाल भारत सिमा क्षेत्रबाट ९ ग्राम अवैध लागूऔषध...
लागूऔषधसहित दुई किशोर पक्राउ

काठमाडौं, असोज ४ : झापा र कास्कीबाट लागूऔषधसहित दुई किशोर पक्राउ परेका छन्।

झापाको मेचीनगर नगरपालिका–४ राईसिंगस्थित नेपाल भारत सिमा क्षेत्रबाट ९ ग्राम अवैध लागूऔषध ब्राउन सुगरजस्तो देखिने लिसाईलो पदार्थसहित सोही ठाउँ बस्ने १८ वर्षीय किशोरलाई आइतबार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको छ।

Hardik ivf

प्रहरी चौकी बाहुनडागी र बिओपी बाहुनडाँगीबाट खटिएको संयुक्त प्रहरी टोलीले जाँच गर्ने क्रममा उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । 

कास्कीको पोखरा महानगरपालिका–३० पावरहाउस नजिकबाट करिब २ केजी अवैध लागूऔषध गाँजा सहित पोखरा महानगरपालिका–१० रामबजार बस्ने १८ वर्षीय किशोरलाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ।

काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको ग१ख ९६२१ नम्बरको गाडीलाई वडा प्रहरी कार्यालय गगनगौडाबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा गाडीमा सवार उनलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो। 

प्रकाशित मिति: १४:५२ बजे, सोमबार, असोज ४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्