Kathmandu Press

कुटपिट गरी हत्या गरेको आरोपमा तीनजना पक्राउ

काठमाडौं, असोज ४ : महोत्तरीको सोनमा गाउँपालिका–२ तरारी बस्ने ५५ वर्षीय रामप्रसाद यादवको कुटपिट गरी हत्या गरेको आरोपमा दुईजनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ...
कुटपिट गरी हत्या गरेको आरोपमा तीनजना पक्राउ

काठमाडौं, असोज ४ : महोत्तरीको सोनमा गाउँपालिका–२ तरारी बस्ने ५५ वर्षीय रामप्रसाद यादवको कुटपिट गरी हत्या गरेको आरोपमा दुईजनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सोही नगरपालिका–७ सुन्दरपुर बस्ने ३५ वर्षीय मलेसी सदा र २६ वर्षीय नथु सदा रहेको प्रहरीले जनाएको छ।

Hardik ivf

सोही नगरपालिका–७ मैनटोलस्थित विश्वकर्मा पुजाको मेलामा पुजाको विषयमा विवाद भई कुटपिट हुँदा बेहोस भएका रामप्रसाद यादवको घरमा ल्याएपछि मृत्यु भएको थियो।

उक्त खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय गौशाला र प्रहरी चौकी मगरथानाबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो। 

नवलपरासी (पश्चिम) पाल्हिनन्दन गाउँपालिका–१ रामपुरुवा बस्ने ३० वर्षीय जनिस चमारको कुटपिटबाट मृत्यु भएको छ।

उनकै बुबा ४५ वर्षीय सिता रबिदास चमारले मादक पदार्थ सेवन गरी मुक्का प्रहार गर्दा गम्भीर घाइते भएका जनिसको चन्द्र अस्पताल परासीमा उपचारको क्रममा मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय समेतबाट खटिएको प्रहरीले रविदासलाई नियन्त्रणमा लिएको छ। 
 

प्रकाशित मिति: १४:३४ बजे, सोमबार, असोज ४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्