Kathmandu Press

मोटरसाइकल चोरी गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं, असोज ४ : ट्राफिक प्रहरीले मोटरसाइकल चोरी गर्नेलाई पक्राउ गरेको छ।महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले मोटरसाइकल र स्कुटर चोरी...
मोटरसाइकल चोरी गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं, असोज ४ : ट्राफिक प्रहरीले मोटरसाइकल चोरी गर्नेलाई पक्राउ गरेको छ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले मोटरसाइकल र स्कुटर चोरी गर्ने दोलखा कालिञ्चोक नगरपालिका–६ का २४ वर्षीय तेजबहादुर खड्कालाई काठमाडौँको गोकर्णेश्वरबाट आज पक्राउ गरेको हो। 

Hardik ivf

महाशाखाका प्रवक्ता, प्रहरी उपरीक्षक सञ्जीव शर्मा दासले मकवानपुरका किरण वाइबाको ललितपुरको खुमलटारमा पार्किङ गरेर राखेको बा५६प ४५४४ नम्बरको पहेँलो रङ्गको स्कुटरसहित खड्कालाई पक्राउ गरिएको जानकारी दिए। 

प्रहरीले थप अनुसन्धानका क्रममा पक्राउ परेका खड्काले चोरी गरेको प्रदेश ३–०२–०१०प ७४४ नम्बरप्लेट भएको २२० सिसीको पल्सर मोटरसाइकलसमेत फेला परेको छ। 
    
उक्त मोटरसाइकल काठमाडौंको काँडाघारीबाट चोरी गरेको खड्काले स्वीकार गरेको महाशाखाले जनाएको छ। 
 

प्रकाशित मिति: १४:०५ बजे, सोमबार, असोज ४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्