खोला, इनार र नालामा डुबेर तीनजनाको मृत्यु
काठमाडौं, असोज ४ : काठमाडौं, सिन्धुली र बर्दियामा खोला, इनार र नालामा डुबेर तीनजनाको मृत्यु भएको छ।काठमाडौंको चन्द्रागिरी नगरपालिका–१० हिरा इँटाभट्टामा काम गर्ने रनियापुर...
काठमाडौं, असोज ४ : काठमाडौं, सिन्धुली र बर्दियामा खोला, इनार र नालामा डुबेर तीनजनाको मृत्यु भएको छ।
काठमाडौंको चन्द्रागिरी नगरपालिका–१० हिरा इँटाभट्टामा काम गर्ने रनियापुर नगरपालिका–१९ घर भएका २७ वर्षीय पूर्ण बहादुर तामाङको इँटाभट्टा नजिकै ईनारमा डुबेर आइतबार दिउँसो मृत्यु भएको छ।
डुबेर अशक्त भएका उनको ओम समाज अस्पताल सिप्रदी हुँदै ललितपुरस्थित स्टार अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।
सिन्धुलीको कमलामाई नगरपालिका–६ शिवनगर बस्ने सन्तोष नेपालीकी छोरी ८ वर्षीया सुवश्री परियारको सोही ठाउँस्थित ग्वाङखोलामा डुबेर आइतबार दिउँसो मृत्यु भएको छ।
उक्त खोलामा डुबेर अशक्त भएको अवस्थामा बाख्रा गोठालाले देखेर खोलाबाट निकाली उनका बुबा समेतले उपचारको लागि जिल्ला अस्पताल सिन्धुली लगेकोमा उनको उपचारको क्रममा मृत्यु भएको हो।
बर्दियाको गुलरिया नगरपालिका–८ आशापुर बस्ने प्रमोद लोधकी छोरी १२ वर्षीया साल्मा लोधको घरबाट ३ किमि टाढा रहेको सुजरपुर नालामा डुबेर आइतबार दिउँसो मृत्यु भएको छ।
बुबाआमासँग उक्त नाला नजिकै खेतमा गएको अवस्थामा नालामा डुबेर अशक्त भएकी उनको उपचारको लागि बर्दिया अस्पताल गुलरिया पठाइएकोमा उपचारको क्रममा मृत्यु भएको हो।












