Kathmandu Press

जाजरकोटमा कृष्ण बिसीको अध्यक्षतामा बन्याे एकीकृत समाजवादीकाे कमिटी

जाजरकोटमा कृष्ण बिसीको अध्यक्षतामा बन्याे एकीकृत समाजवादीकाे कमिटी

काठमाडौं, असोज ४ : नेकपा (एकीकृत समाजवादी) ले जाजरकोटमा कृष्ण बिसीको अध्यक्षतामा ७५ सदस्यीय जिल्ला कमिटी घोषणा गरेको छ। 

सदरमुकाम खलंगामा आइतबार सम्पन्न कार्यकर्ता भेलाले उपाध्यक्षमा कमानबहादुर खड्का, सचिवमा गंगाबहादुर शाही र उपसचिवमा मानबहादुर बुढालाई चयन गरेको छ।

अध्यक्ष बिसी जाजरकोट एमालेका संस्थापक नेता एवं तत्कालीन जिल्ला विकास समितिका पूर्वउपसभापतिसमेत हुन्। 

२०६४ र २०७० सालको संविधानसभा निर्वाचनमा एमालेका तर्फबाट तत्कालीन क्षेत्र नम्बर २ का लागि टिकटसमेत पाएका झिनो मतले पराजित भएका थिए।

तत्कालीन खलंगा गाविस अध्यक्षसमेत भइसकेका उपाध्यक्ष खड्का एमालेका जिल्ला कमिटी सदस्य थिए। अनेरास्ववियुबाट राजनीति सुरु गरेका सचिव शाही विभिन्न सामाजिक संघसंस्थामा आबद्ध थिए भने उपसचिव बुढा पनि एमाले जिल्ला कमिटी सदस्य थिए।

प्रकाशित मिति: १२:२८ बजे, सोमबार, असोज ४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्