Kathmandu Press

बैतडीमा जिप दुर्घटना हुँदा नौ जना घाइते

बैतडी, असोज ४ : जिल्लामा जिप दुर्घटना हुँदा नौ जना घाइते भएका छन्। सुर्कालबाट देहिमाडौँतर्फ जाँदै गरेको भे१च १११६ नं को बोलेरो जिप आज...
बैतडीमा जिप दुर्घटना हुँदा नौ जना घाइते

बैतडी, असोज ४ : जिल्लामा जिप दुर्घटना हुँदा नौ जना घाइते भएका छन्। सुर्कालबाट देहिमाडौँतर्फ जाँदै गरेको भे१च १११६ नं को बोलेरो जिप आज  दुर्घटना भएको हो। 

घाइते हुनेमा जिप चालक मेलौली नगरपालिका–३ का जनकबहादुर चन्द र वीरेन्द्रराम पार्की, पाटन नगरपालिका–५ का विनोद जोशी, सोही ठाउँका जितबहादुर चन्द, मानसिँह जोशी, रामदत्त जोशी र रामबहादुर चन्द तथा दशरथचन्द नगरपालिका–७ का देवदत्त बडू र दशरथचन्द नगरपालिका–२ का जयबहादुर बोहरा छन् ।

Hardik ivf

चालक चन्दको अवस्था गम्भीर रहेको अस्थायी ट्राफिक प्रहरी पोष्ट सतबाँझका प्रहरी जवान मोहन विष्टले जानकारी दिए। 

घाइतेको जिल्ला अस्पतालमा उपचार भइरहेको छ। जिपको ब्रेक फेल भएर सडकमै पल्टिँदा दुर्घटना भएको ट्राफिक प्रहरीले जनाएको छ।   
 

प्रकाशित मिति: १२:०१ बजे, सोमबार, असोज ४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्