Kathmandu Press

राप्रपाले ‘गाउँ फर्क’ अभियान संचालन गर्ने

काठमाडौं, साउन १३ : राष्ट्रिय प्रजातन्त्र पार्टीले ‘गाऊँ फर्क’ अभियान संचालन गर्ने भएको छ।

आज काठमाडौंमा बसेको राप्रपा केन्द्रिय....

राप्रपाले ‘गाउँ फर्क’ अभियान संचालन गर्ने
फाइल फोटो

काठमाडौं, साउन १३ : राष्ट्रिय प्रजातन्त्र पार्टीले ‘गाऊँ फर्क’ अभियान संचालन गर्ने भएको छ।

आज काठमाडौंमा बसेको राप्रपा केन्द्रिय कार्य सम्पादन समितिको बैठकले देशभर पार्टीको संगठन निर्माणका लागि तीन महिने ‘गाऊ फर्क’ अभियान संचालन गर्ने निर्णय गरेको हो। पार्टीको आसन्न महाधिवेशनलाई समेत ध्यानमा राखेर देशभर पार्टीको संगठन निर्माणका लागि अभियान संचालन गर्ने निर्णय गरिएको पार्टीका प्रवक्ता भुवन पाठकले बताए।

बैठकले संगठन निर्माणका लागि यही साउन २४ र २५ गते काठमाडौंमा केन्द्रिय प्रशिक्षक प्रशिक्षण कार्यक्रम संचालन गर्ने निर्णय पनि गरेको छ। कार्यक्रमबाट प्रशिक्षित भएका प्रशिक्षकहरुलाई जिल्ला स्तरीय र स्थानीय तह स्तरीय कार्यक्रममा प्रशिक्षकको रुपमा परिचालन गर्ने पार्टीको तयारी छ।

आगामी पुस महिनाभित्र संगठन निर्माण गरेपछि पार्टीको महाधिवेशनको तयारीको काममा केन्द्रित हुने पनि पार्टीका प्रवक्ता पाठकले बताए। राप्रपाको आगामी २०७७  जेष्ठमा पार्टीको महाधिवेशन गर्ने तयारी छ।

बैठकमा अध्यक्ष कमल थापाले स्थानीय तहको निर्वाचनलाई समेत ध्यानमा राखेर पार्टीको संगठन निर्माणमा जुटन पार्टीका नेताहरुलाई निर्देशन दिएका छन्। राप्रपाले २०७६ साललाई पार्टीको संगठन निर्माणको वर्षका रुपमा मनाउने कार्य योजना यस अघि बसेको पार्टी केन्द्रिय कार्य समितिले तय गरेको थियो।

त्यस कार्य योजनालाई कार्यान्वयनमा लैजान केन्द्रिय कार्य सम्पादन समिति बैठकले ‘गाउँ फर्क’सहितको अभियान देशभर संचालन गर्ने निर्णय गरिएको पनि प्रवक्ता पाठकले बताए।

प्रकाशित मिति: १२:५५ बजे, सोमबार, साउन १३, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्