Kathmandu Press

एउटै बोकाको मूल्य तीन लाख

तनहुँ, साउन १३ : तनहुँमा एउटै बोका तीन लाखमा बिक्री भएको छ। यहाँका एक किसानले तीन लाखमा बिक्री गरेका हुन्।

तनहुँको भिमाद नगरपालिका–९ प....

एउटै बोकाको मूल्य तीन लाख

तनहुँ, साउन १३ : तनहुँमा एउटै बोका तीन लाखमा बिक्री भएको छ। यहाँका एक किसानले तीन लाखमा बिक्री गरेका हुन्।

तनहुँको भिमाद नगरपालिका–९ पाथर्दीका कृषक शिवकुमार आलेले पालेको बोयर जातको बोका तीन लाखमा बिक्री भएको हो। उनले शुक्लागण्डकी कृषि समूहलाई तीन लाखमा बोका बिक्री गरेका हुन्।

सुरुआतमा कृषक आलेले साढे तीन लाख र शुक्लागण्डकी समूहका टोलीले साढे दुई लाख मूल्य तोकेका थिए। दुवै पक्षले मूल्य घटबढ गर्दै तीन लाखमा सहमति भएकाे कृषक आलेले बताए।

प्रकाशित मिति: १२:४५ बजे, सोमबार, साउन १३, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्