Kathmandu Press

कांग्रेस सिन्धुपाल्चोकको वडा अधिवेशन भोलि

सिन्धुपाल्चोक, असोज ४ : नेपाली कांग्रेस सिन्धुपाल्चोकको वडा अधिवेशन मंगलबार आयोजना हुने भएको छ।आइतबार बसेको जिल्ला कार्यसमितिको बैठकले पार्टीको वडा तहदेखि जिल्ला तहसम्मको...
कांग्रेस सिन्धुपाल्चोकको वडा अधिवेशन भोलि

सिन्धुपाल्चोक, असोज ४ : नेपाली कांग्रेस सिन्धुपाल्चोकको वडा अधिवेशन मंगलबार आयोजना हुने भएको छ।

आइतबार बसेको जिल्ला कार्यसमितिको बैठकले पार्टीको वडा तहदेखि जिल्ला तहसम्मको अधिवेशन तोकिएको समयमै आयोजना गर्ने निर्णय गरेको थियो।  जिल्ला सभापति विकास लामाले जिल्लाका १०३ वडामा मंगलबार पार्टीको अधिवेशन आयोजना गर्ने निर्णय गरिएको जानकारी दिए।

सबै वडामा निर्वाचन अधिकृत खटिसकेको र सर्वसम्मतिको प्रयास गरिने जनाइएको छ। गत बुधबार कांग्रेसको केन्द्रीय निर्वाचन समितिले काठमाडौं, मोरङ, काभ्रे, सिन्धुपाल्चोक, कपिलवस्तु, बर्दिया र बाजुराको क्रियाशील सदस्यता सूची सार्वजनिक गरेको थियो।

कांग्रेसले अझै पनि १३ जिल्लाअन्तर्गत प्रदेश २ का आठ जिल्ला र रसुवा, डोल्पा, बाँके, कैलाली र सुर्खेतको क्रियाशील सदस्यताको सूची सार्वजनिक गरेको छैन। पहिलो चरणमा ५७ जिल्लामा वडा अधिवेशन सम्पन्न गरेको थियो।

प्रकाशित मिति: ०७:५२ बजे, सोमबार, असोज ४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्