Kathmandu Press

एनआरएनए अध्यक्षमा कुल आचार्यको उम्मेदवारी घोषणा

पर्वत, असोज ४ : गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को १०औँ अन्तर्राष्ट्रिय महाधिवेशनमा कुल आचार्यले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन्।पर्वत सदरमुकाम कुश्मामा पत्रकार...
एनआरएनए अध्यक्षमा कुल आचार्यको उम्मेदवारी घोषणा

पर्वत, असोज ४ : गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को १०औँ अन्तर्राष्ट्रिय महाधिवेशनमा कुल आचार्यले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन्।

पर्वत सदरमुकाम कुश्मामा पत्रकार सम्मेलन गरी आचार्यले उम्मेदवार बन्ने घोषणा गरेका हुन्। एनआरएनएको महाधिवेशन असोज २८ देखि ३० गते काठमाडौंमा हुँदै छ।

Hardik ivf

पर्वतको जलजला गाउँपालिका–७ धाइरिङमा जन्मिएका आचार्य हाल बेलायतमा व्यवसाय गर्दै आएका छन्। यसअघि एनआरएनएका विभिन्न पदमा रहेर काम गरेका छन्।

सन् २००३ देखि गैरआवासीय नेपाली सङ्घको अभियानमा आबद्ध आचार्य गैरआवासीय नेपाली संघ बेलायतको कार्यसमिति सदस्य, उपाध्यक्ष हुँदै अध्यक्ष बनेका थिए।

त्यसपछि सन् २०१३ मा अन्तर्राष्ट्रिय समन्वय परिषद्को सदस्य, युरोप संयोजक हुँदै सन् २०१७–१९ मा संघको उपाध्यक्ष बनेका थिए। सङ्घको नवौँ विश्व सम्मेलन तथा महाधिवेशनमा अध्यक्षका प्रतिस्पर्धी रहेका आचार्य कुमार पन्तसँग १४७ मतान्तरले पराजित भएका थिए।

 

प्रकाशित मिति: ०६:५१ बजे, सोमबार, असोज ४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्