रेडपाण्डाका छालासहित पक्राउ
जाजरकोट, असोज ३ : प्रतिबन्धित हाब्रे (रेडपाण्डा)को छालासहित बारेकोट गाउँपालिका–५ नायकवाडाका १९ वर्षीय लोकेश परियारलाई प्रहरीले आज बिहान पक्राउ गरेको छ। रेडपाण्डाको छाला...
जाजरकोट, असोज ३ : प्रतिबन्धित हाब्रे (रेडपाण्डा)को छालासहित बारेकोट गाउँपालिका–५ नायकवाडाका १९ वर्षीय लोकेश परियारलाई प्रहरीले आज बिहान पक्राउ गरेको छ। रेडपाण्डाको छाला बिक्री गर्न भनी नलगाड नगरपालिका–५ कालिमाटीस्थित होटलमा ल्याएको भन्ने गोप्य सूचनाका आधारमा पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक मधुकुमार थापाले बताए।
परियारले रेडपाण्डाको ४२ इन्च लम्बाइ भएको ठूलो छाला एक थान र टाउको नभएको २२ इन्च लम्बाइ भएको सानो छाला एक थान फेला परेको नायब उपरीक्षक थापाले बताए। पक्राउ परेका परियारबारे थप अनुसन्धान जारी रहेको बताइएको छ।
प्रकाशित मिति: २०:५९ बजे, आइतबार, असोज ३, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












