Kathmandu Press

गड्डाचौकीबाट लागुऔषधसहित एक युवक पक्राउ

काठमाडौं, असोज ३ : भारतीय निकटवर्ती बजार वनवसाबाट लागुऔषध ल्याउँदै गरेका युवकलाई सशस्त्र प्रहरीले आज भीमदत्त नगरपालिका–११ गड्डाचौकीबाट पक्राउ गरेको छ। गुप्ताङ्गमा लागुऔषध...
गड्डाचौकीबाट लागुऔषधसहित एक युवक पक्राउ
Hardik ivf

काठमाडौं, असोज ३ : भारतीय निकटवर्ती बजार वनवसाबाट लागुऔषध ल्याउँदै गरेका युवकलाई सशस्त्र प्रहरीले आज भीमदत्त नगरपालिका–११ गड्डाचौकीबाट पक्राउ गरेको छ। गुप्ताङ्गमा लागुऔषध लुकाएर ल्याउँदै गरेका दार्चुलाका १८ वर्षीय राहुल सोनमलाई सशस्त्र प्रहरीले पक्राउ गरेको हो।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वाटर शैलेश्वरी कञ्चनपुरका सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्र ऐरका अनुसार पक्राउ परेका सोनामको साथबाट वुपफ्रेनोफाइन इन्जेक्सन २९ वटा, डाइजेपाम इन्जेक्सन एक थान र प्रोमेथाजाइन इन्जेक्सन २९ थान बरामद गरेको छ। बरामद लागुऔषधसहित पक्राउ परेका सोनमलाई इलाका प्रहरी कार्यालय गड्डाचौकीमा बुझाइएको छ।

प्रकाशित मिति: २०:५३ बजे, आइतबार, असोज ३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्