Kathmandu Press

व्यवस्था उल्टियो भने देश बर्बाद हुने खतरा : प्रचण्ड

काठमाडाैँ, साउन १३ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेको व्यवस्था उल्टियो भने देश नै बर्बाद हुने खतरा रहे....

व्यवस्था उल्टियो भने देश बर्बाद हुने खतरा : प्रचण्ड
काठमाडाैंप्रेस

काठमाडाैँ, साउन १३ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेको व्यवस्था उल्टियो भने देश नै बर्बाद हुने खतरा रहेको बताएका छन् । 

प्रचण्ड निवास, खुमलटारमा विप्लव नेतृत्वको विद्रोही नेकपा परित्याग गरी सत्तरुढ नेकपामा प्रवेश गर्ने विद्रोही नेकपाका ब्यूरो सदस्य एवम् बारा जिल्लाका पूर्व सचिव रमण घिमिरेलगायतका नेता तथा कार्यकर्ताहरुलाई पार्टी प्रवेश गराउँदै यस्तो बताएका हुन् । 

अध्यक्ष प्रचण्डले भने, ‘यो व्यवस्था नै उल्टियो भने नेपाल नै बर्बाद हुने खतरा छ ।  जनता र राष्ट्रलाई माया गर्ने र परिवर्तनलाई रुचाउने सबै इमान्दार नेता तथा कार्यकर्ता एकताबद्ध भएर व्यवस्थाको रक्षा गर्नुपर्छ ।’ 

समाजवाद धेरैभन्दा धेरै जनता केन्द्रित भएर गरिने क्रान्ति भएको बताउदै प्रचण्डले वर्तमान संघीय लोकतान्त्रिक गणतन्त्र उल्ट्याउन पाए हुन्थ्यो भन्नेमा प्रतिक्रियावादी लागि परेको पनि बताए ।

प्रचण्डले भने, ‘संघीय लोकतान्त्रिक गणतन्त्र ल्याउने नेताहरुविरुद्ध षड्यन्त्र र प्रचार गरेर सिध्याइयो भने व्यवस्था पनि सिध्याउन सकिन्छ भन्नेमा प्रतिक्रियावादी रहेका छन् । संघीय लोकतान्त्रिक गणतन्त्र रहँदासम्म हामी कोही पनि कमजोर हुँदैनौँ ।’

प्रचण्डले भने, ‘हामीले खोजेको योभन्दा धेरै थियो । अहिलेको देश, विश्व र शक्ति सन्तुलनले गर्दा प्राप्त उपलब्धिमा टेकेर अगाडि जाने भनेर आएको हो ।’ प्रचण्डले क्रान्ति दुईचार जनाको रहरले हुने कुरा नभएको पनि बताए । उनले भने, ‘पार्टीमा प्रवेश गर्ने नेता तथा कार्यकर्ताहरुलाई उचित जिम्मेवारी दिइनेछ ।’

नवप्रवेशी नेता रमण घिमिरेले आफूले बाटो बिराएको महशुस भएपछि विप्लव समुह परित्याग गरेको बताएका थिए ।
 

प्रकाशित मिति: १२:३६ बजे, सोमबार, साउन १३, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्