Kathmandu Press

पाकिस्तानमा पनि मनाइयो नेपाली संविधान दिवस

काठमाडौं, असोज ३ : संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा पाकिस्तानको राजधानी इस्लामावादस्थित नेपाली दूतावासमा आज एक कार्यक्रम आयोजना गरियो। पाकिस्तानका लागि नेपाली...
पाकिस्तानमा पनि मनाइयो नेपाली संविधान दिवस

काठमाडौं, असोज ३ : संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा पाकिस्तानको राजधानी इस्लामावादस्थित नेपाली दूतावासमा आज एक कार्यक्रम आयोजना गरियो। पाकिस्तानका लागि नेपाली राजदूत तापस अधिकारीले नेपाली राष्ट्रिय झण्डा फहराउँदै राष्ट्रिय दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको शुभकामना सन्देश कार्यक्रममा वाचन गरिएको थियो।

पाकिस्तान सरकारले लागू गरेको स्वास्थ्य, सुरक्षासम्बन्धी मापदण्ड पालना गरी आयोजित उक्त कार्यक्रममा विभिन्न अन्तर्राष्ट्रिय सङ्घसंस्थामा कार्यरत नेपाली तथा नेपाली विद्यार्थी एवं कूटनीतिक परिवारका सदस्यहरूको उपस्थिति थियो।

राजदूत अधिकारीले नेपालको संविधानको मर्म र भावनाअनुरूप इमान्दार भएर काम गर्न अपरिहार्य भएको बताउँदै सबैमा संविधान दिवसको शुभकामना व्यक्त गरेको दूतावासले जनाएको छ।

प्रकाशित मिति: १९:०० बजे, आइतबार, असोज ३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्