Kathmandu Press

अध्यक्ष नेपालद्वारा गण्डकी प्रदेश कार्यालय उद्घाटन

अध्यक्ष नेपालद्वारा गण्डकी प्रदेश कार्यालय उद्घाटन

गण्डकी, असोज ३ : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले पार्टीको गण्डकी प्रदेश, कास्की जिल्ला र पोखरा महानगरपालिका कमिटीको कार्यालय स्थापना गरेको छ। पोखरा–८ जाल्पारोडमा स्थापना गरिएका कार्यालयको आज पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले उद्घाटन गरेका हुन्।

अध्यक्ष नेपालले तीनवटै कार्यालयको शुभारम्भ गरेका छन्। उनले पार्टी र राष्ट्रिय झण्डाको झण्डोत्तोलनसमेत गरे।

Hardik ivf

मासिक ६० हजार रुपैयाँ तिर्ने गरी भाडाको घरमा प्रदेश, जिल्ला र महानगरको पार्टीले कार्यालय स्थापना गरेको पार्टीका जिल्ला अध्यक्ष धनराज आचार्यले जानकारी दिए। तीन तलाको घरमा दोस्रो तलामा जिल्ला र महानगरपालिकाको कार्यालय राखिएको छ भने माथिल्लो तलामा प्रदेश कार्यालय रहेको छ। कार्यालय उद्घाटनपछि संक्षिप्त भनाइ राख्दै अध्यक्ष नेपालले पार्टीका नेता कार्यकर्ताले आफूलाई अन्य पार्टीको भन्दा भिन्न रहेको व्यवहारबाट देखाउनुपर्ने बताए। कार्यालय स्थापनापछि पार्टीका गतिविधिलाई व्यवस्थितरूपमा अघि बढाउन सहयोग पुग्ने भनाइ अध्यक्ष नेपालको छ।

नेकपा (एकीकृत समाजवादी)ले केही दिनअघि तुलबहादुर गुरुङको अध्यक्षतामा प्रदेश कमिटी घोषणा गरेको थियो। पार्टीका जिल्ला अध्यक्ष आचार्यले जिल्लाका ७२ वडामध्ये अधिकांश वडामा पार्टी कमिटी गठन भइसकेको जानकारी दिँदै बाँकीमा छिट्टै गठन गरिने जानकारी दिए। जिल्ला कमिटी १८५ सदस्यीय र महानगर कमिटी १४१ सदस्यीय रहेको बताइन्छ। यसबीचमा विद्यार्थी, महिला, युवा सङ्घ, पिपुल्स भोलियन्टर्सलगायत जनवर्गीय सङ्गठनको जिल्ला कमिटी गठन भएको बताइन्छ। 

प्रकाशित मिति: १८:४१ बजे, आइतबार, असोज ३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्