नेपाल निजामती कर्मचारी संगठनको ११ औं राष्ट्रिय अधिवेशन माघ ७ र ८ गते
काठमाडौं, असोज ३ : नेकपा एमाले निकट कर्मचारी संगठन नेपाल निजामती कर्मचारी संगठनको केन्द्रीय कार्य समितिको आठौ बैठकले माघ ७ र ८ गते...
काठमाडौं, असोज ३ : नेकपा एमाले निकट कर्मचारी संगठन नेपाल निजामती कर्मचारी संगठनको केन्द्रीय कार्य समितिको आठौ बैठकले माघ ७ र ८ गते राष्ट्रिय अधिवेशन गर्ने निर्णय गरेको छ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको आतिथ्यमा असोज २ गते सम्पन्न बैठकले ११ औं राष्ट्रिय अधिवेशनबारे निर्णय गरेको हो । आज (आइतबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै संगठनले राष्ट्रिय अधिवेशनको आयोजनाबारे जानकारी दिएको हो ।
संगठनका अध्यक्ष केदार देवकोटाले अधिवेशनबारे जानकारी दिदै निजामती कर्मचारी संगठनको माइन्युट बुक, छाप, लेटर प्याड चोरी भएको जानकारी गराएका हुन् । कार्यालयको सामानसहित केही जिम्मेवार भनिएका कर्मचारीहरु हराएको उनले जानकारी गराए ।
सबै पेशामा रहेका कर्मचारीहरुको हकमा समानव्यवहार हुनुपर्छ भनेर आफुहरुले माग गरेको र घोषणा पत्रमा उल्लेख गरेको समेत बताए । केन्द्रीय समितिको बैठकले माघ ७ र ८ गते ११ औं अधिवेसन गर्ने आयोजक समिति बनाउने निर्णय गरेको छ ।
साथै बैठकले निजामतीकर्मचारीहरुको आधिकारिक ट्रेड युनियनको केन्द्रीय कार्य समितिमा संगठनको सिफरिसमा रहेका उपाध्यक्ष, कोषाध्यक्ष तथा सदस्यहरुलाई फिर्ता बोलाएर अन्य सदस्यहरुलाई पठाउने समेत निर्णय संगठनले जारी गरेको बिज्ञप्तीमा उल्लेख गरिएको छ ।












