Kathmandu Press

लागूऔषधसहित नागढुंगाबाट एकजना पक्राउ

लागूऔषधसहित नागढुंगाबाट एकजना पक्राउ

काठमाडौं, असोज ३ : प्रहरीले नागढुंगाबाट लागूऔषधसहित एकजनालाई पक्राउ गरेको छ।

चन्द्रागिरी नगरपालिका–२ नागढुंगाबाट नियन्त्रित लागूऔषध डाईजोपाम ८ एम्पुल, फेनरागन ८ एम्पुल र नुफिन ८ एम्पुल  सहित सिरहा लहान नगरपालिका(४ बस्ने २६ वर्षीय आनन्द प्रसाद दासलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको हो। 

Hardik ivf

सिरहाबाट काठमाडौं आउँदै गरेको प्रदेश ०१–०२–००१ ख ८८६९ नम्बरको बसलाई नागढुंगास्थित चेकप्वाईन्टमा खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो।      

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

प्रकाशित मिति: १७:५९ बजे, आइतबार, असोज ३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्