Kathmandu Press

मृत अवस्थामा चारजना फेला 

काठमाडौं, असोज ३ : काठमाडौं, सिन्धुली, कैलाली र रुकुम पश्चिममा चारजना मृत अवस्थामा फेला परेका छन्।काठमाडौं महानगरपालिका–८ पशुपति मन्दिरको दक्षिण ढोका नजिक हाल...
मृत अवस्थामा चारजना फेला 

काठमाडौं, असोज ३ : काठमाडौं, सिन्धुली, कैलाली र रुकुम पश्चिममा चारजना मृत अवस्थामा फेला परेका छन्।

काठमाडौं महानगरपालिका–८ पशुपति मन्दिरको दक्षिण ढोका नजिक हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४० वर्षीय पुरुष शनिबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएकाे छ। 

सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–३ बस्ने २३ वर्षीय अनिष राई सोही गाउँपालिका–२ स्थित वेलारी खोलाको किनारमा मृत अवस्थामा शनिबार फेला परेका छन् । 

कैलालीको गौरीगंगा नगरपालिका–६ दैद्धारी बस्ने ३० वर्षीय बालकृष्ण चौधरी आफ्नो सुत्ने कोठामा आइतबार मृत अवस्थामा फेला परेका छन्। 

रुकुम पश्चिमको चौरजहारी नगरपालिका–३ राप्तीसागरस्थित ठुलोभेरी बगरमा हाल नाम, थर, वतन नखुलेकी अन्दाजी ४२ वर्षीया महिला मृत अवस्थामा फेला परेकी छिन्।

प्रकाशित मिति: १७:५६ बजे, आइतबार, असोज ३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्