करेन्ट लागेर दुईजनाको मृत्यु
काठमाडौं, असोज ३ : सुनसरी र दाङमा करेन्ट लागेर दुईजनाको मृत्यु भएको छ।सुनसरीको धरान उपमहानगरपालिका–३ बस्ने ३९ वर्षीय कृष्णबहादुर कटुवालको करेन्ट लागेर शनिबार दिउँसो...
काठमाडौं, असोज ३ : सुनसरी र दाङमा करेन्ट लागेर दुईजनाको मृत्यु भएको छ।
सुनसरीको धरान उपमहानगरपालिका–३ बस्ने ३९ वर्षीय कृष्णबहादुर कटुवालको करेन्ट लागेर शनिबार दिउँसो मृत्यु भएको छ। सोही उपमहानगरपालिका–१५ बस्ने राजकुमार लिम्बुको बन्दै गरेको घरमा प्लास्टर गर्ने क्रममा अचानक करेन्ट लागेर गम्भीर घाइते भएका उनको घोपा धरान अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।
दाङको दंगीशरण गाउँपालिका-७ बुटिनिया बस्ने २२ वर्षीया प्रमिला चौधरीको करेन्ट लागेर आइतबार बिहान मृत्यु भएको छ। आफ्नै घरमा पानीको मोटर चलाउने क्रममा करेन्ट लाग्दा गम्भीर घाइते भएकी उनको उपचारको लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: १७:४० बजे, आइतबार, असोज ३, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












