Kathmandu Press

नेपाल निजामती कर्मचारी संगठनमा गौतम

काठमाडौं, असोज ३ : नेपाल निजामती कर्मचारी सङ्गठनले रेवन्त गौतमको नेतृत्वमा १ सय ३९ सदस्यीय केन्द्रीय कार्य समिति गठन गरेको छ। यही असोज २...
नेपाल निजामती कर्मचारी संगठनमा गौतम

काठमाडौं, असोज ३ : नेपाल निजामती कर्मचारी सङ्गठनले रेवन्त गौतमको नेतृत्वमा १ सय ३९ सदस्यीय केन्द्रीय कार्य समिति गठन गरेको छ। 

यही असोज २ गते काठमाडौंमा बसेको राष्ट्रिय भेलाले ११६ केन्द्रीय सदस्य, १७ पदाधिकारी, जिल्ला विभागका साथै लेखा, अनुशासनलगायत आयोग गठन गर्ने निर्णय गरेको छ।

Hardik ivf

यहाँ आज आयोजित पत्रकार सम्मेलनमा सङ्गठनका अध्यक्ष गौतमले विधमान उपलब्धिको रक्षा गर्दै कर्मचारीको अधिकारका लागि क्रियाशील रहने प्रतिबद्धता व्यक्त गरे।

सङ्गठनका नवनिर्वाचित महासचिव शरणकुमार गुरुङले तत्कालीन सरकारले गरेको कर्मचारी समायोजनलाई सच््याउन माग गर्दै सेवा प्रवाहलाई चुस्तदुरुस्त, निष्पक्ष, तटस्थरुपबाट सञ्चालन गर्नुपर्नेमा जोड दिए। 

भेलाले सङ्घ, प्रदेश तथ स्थानीय तहमा ट्रेड युनियन अधिकारको सुनिश्चितताका लागि सम्बन्धित पक्षको ध्यानाकर्षण गराउने, सङ्घीय निजामती ऐन, प्रदेश निजामती सेवा ऐन र स्थानीय सेवा ऐन तत्काल जारी गराउन पहल गर्ने, कर्मचारीको पिरमर्का र गुनासो सम्बन्धित पक्षसम्म पुर्‍याउने निर्णय गरेको छ।

भेलाले निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको केन्द्रीय अध्यक्ष पुण्यप्रसाद ढकाल र सदस्य छत्रबहादुर शाह उपसचिव भई उक्त पद रिक्त भएकाले सो पदमा युनियनको विधान, २०६९ बमोजिम मोहनकुमार घिमिरेलाई अध्यक्ष र जयदेव जोशीलाई सदस्य पदमा प्रतिनिधित्व गर्न पठाउने निर्णय गरेको छ।

प्रकाशित मिति: १७:०० बजे, आइतबार, असोज ३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्