सिरहामा पोखरीमा डुबेर तीन बालबालिकाको मृत्यु
सिरहा, साउन १३ : सिरहाको छुट्टाछुट्टै स्थानमा पोखरीमा डुबेर आइतबार दाजुबहिनीसहित तीन बालबालिकाको मृत्यु भएको छ।
अर्नामा गाउँपालिका–४ ल....

सिरहा, साउन १३ : सिरहाको छुट्टाछुट्टै स्थानमा पोखरीमा डुबेर आइतबार दाजुबहिनीसहित तीन बालबालिकाको मृत्यु भएको छ।
अर्नामा गाउँपालिका–४ लक्ष्मीपुरका १० वर्षीय दीपक यादव र उनकी बहिनी सात वर्षीया नन्दनी यादवको स्थानीय पोखरीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ। दुवै दाजुबहिनी घरबाट खेल्न निस्केका थिए।
आइतबार अबेर साँझसम्म घर नफर्किएपछि अभिभावकले खोजी गरेका थिए। खोज्ने क्रममा स्थानीय पोखरीमा डुबेरको अवस्थामा शव भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अपिलराज बोहराले बताए।
त्यस्तै, सिरहा नगरपालिका–३ मखनाहामा खाल्डोमा जमेको पानीमा डुबेर ११ वर्षीया काजल दासको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार, बस्तुभाउलाई घाँस काट्न गएकी काजल खाल्डोमा जमेको पानीमा नुहाउने क्रममा डुबेकी हुन्।
स्थानीय बासिन्दाले उद्धार गरेर चन्द्रनाराण मेमोरियल मेटर्निटी अस्पताल माडर पु¥याएका थिए। अस्पताल पु¥याए लगत्तै चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

-1784896419.png)









