Kathmandu Press

वामपन्थी नेता खगुलाल गुरुङको १०४ वर्षको उमेरमा निधन

काठमाडौं, असोज ३ : वामपन्थी नेता खगुलाल गुरुङको १०४ वर्षको उमेरमा कोरोना संक्रमणबाट आज (आइतबार) निधन भएको छ। कोरोना देखिएपछि बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा...
वामपन्थी नेता खगुलाल गुरुङको १०४ वर्षको उमेरमा निधन

काठमाडौं, असोज ३ : वामपन्थी नेता खगुलाल गुरुङको १०४ वर्षको उमेरमा कोरोना संक्रमणबाट आज (आइतबार) निधन भएको छ। 

कोरोना देखिएपछि बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका क्रममा उनको निधन भएको हो। पारिवारिक स्रोतका अनुसार गुरुङको भोलि (सोमबार) प्युठानमा अन्त्येष्टि गरिनेछ। गुरुङ प्युठानको गौमुखी गाउँपालिका–७ कोइरा निवासी हुन्। 

Hardik ivf

नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले गुरुङको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन्। 

सिंहले आइतबार प्रकाशित गरेको शोक वक्तव्यमार्फत नेपाली कम्युनिस्ट आन्दोलनले एक आदर्श, अविचलित र दृढ इच्छाशक्ति भएको कम्युनिस्ट व्यक्तित्व गुमाएको बताएका छन्। 

२००७ सालदेखि नेपालको प्रजातान्त्रिक आन्दोलनमा सहभागी उनी २०१० सालमा नेपाल कम्युनिस्ट पार्टीका सदस्य बनेका थिए। २०११ सालमा प्यूठानको नारीकोटमा सिंहको नेतृत्वमा सम्पन्न ऐतिहासिक किसान आन्दोलनमा गुरुङ प्रमुख नेता थिए। 

२०१५ सालको आम निर्वाचनमा गुरुङ रोल्पा क्षेत्रबाट नेकपाबाट उम्मेदवार थिए। गुरुङ आजीवन कम्युनिस्ट पार्टीमा रहेर सादगी र संघर्षशील रहेको मसाल महामन्त्री सिंहले बताएका छन्।

प्रकाशित मिति: १६:२८ बजे, आइतबार, असोज ३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्