Kathmandu Press

महाेत्तरीमा दुई पक्षबीच भएको कुटाकुटमा एकजनाको मृत्यु

जलेश्वर, असोज ३ : शनिबार राति विश्वकर्मा मेलामा अर्केस्ट्रा नाच हेर्ने क्रममा भएको झगडालाई लिएर महोत्तरीमा आज (आइतबार) दुई पक्षबीच झडप हुँदा एकजनाको...
महाेत्तरीमा दुई पक्षबीच भएको कुटाकुटमा एकजनाको मृत्यु

जलेश्वर, असोज ३ : शनिबार राति विश्वकर्मा मेलामा अर्केस्ट्रा नाच हेर्ने क्रममा भएको झगडालाई लिएर महोत्तरीमा आज (आइतबार) दुई पक्षबीच झडप हुँदा एकजनाको मृत्यु भएको छ। 

मृत्यु हुनेमा सोनमा गाउँपालिका–७ सुन्दरपुर मैनटोलका ५० वर्षीय रामप्रसाद यादव रहेको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक विष्णुप्रदीप बस्यालले जानकारी दिए।

Hardik ivf

सुन्दरपुरका ३५ वर्षीय मलेसी सदा र २६ वर्षीय नथु सदा तथा तरहारीका ५० वर्षीय रामप्रसाद यादवबीच सुन्दरपुरको मैनटोलमा विश्वकर्मा मेलामा विवाद भएको थियो।

विवादले उग्ररुप लिएपछि दुवै पक्षबीच भएको कुटाकुटमा रामप्रसाद यादव बेहोस भएर बाटोमै ढलेका थिए। त्यसको केहीबेरमै गौशालास्थित स्वास्थ्य चौकीमा उपचारकै क्रममा उनको मृत्यु भएको स्थानीयवासीले जानकारी दिए।

घटनामा संलग्न व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको र शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुर पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ। 

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: १६:११ बजे, आइतबार, असोज ३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्