कक्षा १२ को नतिजा आज प्रकाशन गरिँदै
काठमाडौं, साउन १३ : कक्षा १२ को परीक्षाफल आज सार्वजनिक हुने भएको छ।
राष्ट्रिय परीक्षा बोर्डले नतिजा प्रकाशनका लागि बेलुकी ५ बजे रा....
काठमाडौं, साउन १३ : कक्षा १२ को परीक्षाफल आज सार्वजनिक हुने भएको छ।
राष्ट्रिय परीक्षा बोर्डले नतिजा प्रकाशनका लागि बेलुकी ५ बजे राष्ट्रिय परीक्षा बोर्डको बैठक बोलाएको छ। हिजो नतिजाको शुद्धाशुद्धि हेरिएको थियो। प्राविधिकसहितको टोलीले नतिजामा केही मिले/नमिलेको जाँच गरेका थिए।
यस पटक बोर्डले सबै विषयको नतिजा एकै पटक सार्वजनिक गर्न लागेको हो। विगतका वर्षहरूमा विज्ञान समूहको नतिजा पहिले र त्यसपछि अन्य समूहको नतिजा प्रकाशन गर्दै आएको थियो।
गत वर्षभन्दा यो वर्ष नतिजा छिटो प्रकाशन हुन लागेको हो। यस वर्ष चार लाखभन्दा बढी विद्यार्थीले कक्षा १२ को परीक्षा दिएका थिए।
प्रकाशित मिति: १०:२० बजे, सोमबार, साउन १३, २०७६
थप समाचार






