Kathmandu Press

नयाँ अध्ययनः करेसाबारीमा काम गर्दा हुन्छ जिम जानु जत्तिकै कसरत

सातामा १५० मिनेट कसरत गर्न निकै समस्या भइरहेको होला होइन? जिममा त्यत्रो समय कसरी बिताउने? बगैंचा छ नि।

चीन, टेक्सास, नर्थ क्यारोलाइना लगायत विश्वभर गरिएको एउ....

 नयाँ अध्ययनः करेसाबारीमा काम गर्दा हुन्छ जिम जानु जत्तिकै कसरत

सातामा १५० मिनेट कसरत गर्न निकै समस्या भइरहेको होला होइन? जिममा त्यत्रो समय कसरी बिताउने? बगैंचा छ नि।

चीन, टेक्सास, नर्थ क्यारोलाइना लगायत विश्वभर गरिएको एउटा अध्ययनले केही सजिलो र अझ रमाइलो उपाय निकालेको छ। फुर्सदको समयमा गरिने शारीरिक क्रियाकलापलाई उनीहरूले अध्ययन गरे।

Hardik ivf

कुन सातामा कति पटक वा कति मात्रामा सहभागी त्यस्ता गतिविधिमा संलग्न भए, त्यसको लेखाजोखा राखियो। यसलाई उनीहरूले “लिजर टाइम फिजिकल एक्टिभिटी” भने। त्यसबाट निस्किएको तथ्याङ्कलाई उनीहरूले श्वासप्रश्वास तथा मुटुरोग र क्यान्सर लगायत विभिन्न प्राणघातक रोगको जोखिमसँग तुलना गरे।

यो अध्ययन अनौठो छ किनभने अध्ययन पूरा हुन ११ वर्ष लागेको छ र करिब ९० हजार सहभागी भएका छन्। सम्पूर्ण डाटा सेन्टर्स फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनको ‍वार्षिक नेसनल हेल्थ इन्टरभ्यु सर्भेबाट आएको हो।

त्यो फुर्सदको समयमा गरिने शारीरिक गतिविधिमा जिम जानेबाहेक रमाइलो लाग्ने सबै कार्य पर्दछन्। जस्तै: बगैंचाको स्याहार, नृत्य, वा सामान्य हिडाइँ। निष्कृय जीवनको तुलनामा यस्ता गतिविधि सातामा १० देखि ५९ मिनेट मात्रै गर्दा पनि सबै किसिमका मृत्युदर १८ प्रतिशत घटेको देखिन्छ। 

शारीरिक गतिविधि बढ्दै जाँदा जोखिम अझ घट्दै गएको छ। प्रत्येक साता एक सय ५० देखि तीन सय मिनेटसम्म शारीरिक कसरत गर्ने व्यक्तिको मृत्यु हुने जोखिम ३१ प्रतिशतले घट्ने अध्ययनमा देखिएको छ।

बगैंचामा काम गर्नाले स्वास्थ्यमा सकारात्मक परिवर्तन आउने अघिल्ला अध्ययनमा पनि देखिएको छ। यसले उदासिनता, चिन्ता र “बडि मास इन्डेक्स” घटाउनुका साथै जीवनको गुणस्तर, सन्तुष्टि र सामुदायिक भावना बढाउने देखिएको छ। यसले पाका उमेरका मानिसलाई पनि फाइदा पुर्यामउँछ।

लड्ने जोखिम, तनाव गर्नुका साथै औषधि सेवन गर्नुपर्ने आवश्यकता पनि कम गर्ने बताइएको छ। यसबाहेक तरकारी र फूलले दिने रमाइलो त छँदैछ।
 

प्रकाशित मिति: ०६:४१ बजे, सोमबार, साउन १३, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्