साझा चुनौतीमा अमेरिका र नेपालबीच सहकार्य छ : अमेरिकी विदेशमन्त्री
काठमाडौं, असोज ३ : अमेरिकी विदेशमन्त्री एन्थोनी व्लिन्केनले अमेरिका र नेपालबीचको ७५ वर्ष लामो मित्रवत् सम्बन्ध जनता–जनताबीचको प्रगाढताले मजबुत बनाएको बताएका छन् । नेपालको संविधान...
काठमाडौं, असोज ३ : अमेरिकी विदेशमन्त्री एन्थोनी व्लिन्केनले अमेरिका र नेपालबीचको ७५ वर्ष लामो मित्रवत् सम्बन्ध जनता–जनताबीचको प्रगाढताले मजबुत बनाएको बताएका छन् ।
नेपालको संविधान दिवसका अवसरमा जारी गर्नुभएको विज्ञप्तिमा व्लिन्केनले अमेरिकी सरकार र अमेरिकी जनताका तर्फबाट नेपाल सरकार र नेपाली जनतालाई बधाई दिँदै विगत वर्षमा दुई देशले साझा चुनौतीको सामना गर्न सहकार्य गरेको स्मरणसमेत गरेका छन् ।
साथै उनले कोरोना भाइरसविरुद्धको लडाइँ र जलवायु परिवर्तनमा सँगै काम गरेको उल्लेख गरेका छन् । व्लिकेनले आफ्नो शुभकामना सन्देशमा सम्पूर्ण नेपालीलाई शुभकामनासमेत व्यक्त गरेका छन्। यसैबीच डिसीस्थित नेपाली दूतावासले समेत विविध कार्यक्रम गरी संविधान दिवस मनाउन लागेको छ।
प्रकाशित मिति: ११:५९ बजे, आइतबार, असोज ३, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार



-1783320892.png)





-1783320892.png)


-1783319570.png)