Kathmandu Press

आर्थिक समृद्धिमा जोड दिन प्रदेश प्रमुख कलौनीको आग्रह

कर्णाली, असोज ३ : कर्णाली प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले सामाजिक न्यायसहितको आर्थिक समृद्धिमा जोड दिनुपर्ने बताएका छन्।सातौँ संविधान तथा राष्ट्रिय दिवस–२०७८ का अवसरमा आज...
आर्थिक समृद्धिमा जोड दिन प्रदेश प्रमुख कलौनीको आग्रह

कर्णाली, असोज ३ : कर्णाली प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले सामाजिक न्यायसहितको आर्थिक समृद्धिमा जोड दिनुपर्ने बताएका छन्।

सातौँ संविधान तथा राष्ट्रिय दिवस–२०७८ का अवसरमा आज शुभकामना सन्देश जारी  गर्दै उनले अबको कार्यभार सामाजिक न्यायसहितको आर्थिक समृद्धिको दिशातर्फ अघि बढ्नु रहेको बताए।

Hardik ivf

सन्देश भनिएको छ, ‘जनताको राजनीतिक अधिकारप्राप्तिको सङ्घर्षको चरण सम्पन्न भइसकेको छ। अब मुलुकलाई सामाजिक न्यायसहितको आर्थिक समृद्धिको दिशातर्फ अघि बढाउनुपर्ने प्रधान दायित्व हाम्रो काँधमा आएको छ। संविधानले निर्दिष्ट गरेको समाजवादउन्मुख आर्थिक–सामाजिक प्रणाली विकास गर्न आवश्यक नीतिनिर्माण र कार्यान्वयनका लागि तीनै तहका सरकार तथा अन्य सबै सरोकारवाला पक्षलाई जिम्मेवारीपूर्वक लाग्न अनुरोध गर्दछु।’

विज्ञप्तिमा संविधानले विविधतायुक्त नेपाली समाजलाई आपसी सद्भाव र सहिष्णुतामा आधारित भएर बृहत् राष्ट्रिय एकताका सूत्रमा आबद्ध गरेको उल्लेख छ। 

प्रकाशित मिति: १०:११ बजे, आइतबार, असोज ३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्