Kathmandu Press

ऐन कानून जनताकै भावना अनुसार बनेका छन् : मुख्यमन्त्री भट्ट

ऐन कानून जनताकै भावना अनुसार बनेका छन् : मुख्यमन्त्री भट्ट

डोटी, असोज ३ : सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री त्रिलोचन भट्टले संविधानले मार्गनिर्देश गरेका अभिभारालाई आत्मसात् गर्दै समृद्ध राष्ट्र निर्माण गर्ने दिशामा प्रदेश सरकार अगाडि बढेको बताएका छन्। 

संविधान दिवसका अवसरमा आज शुभकामना सन्देश जारी  गर्दै उनले प्रदेश सरकारले सबै प्रकारका ऐन कानून जनताकै भावना अनुसार तयार गरी कार्यान्वयन गरिराखेको उल्लेख गरे।  

विज्ञप्तिमा भनिएको छ, संविधानले सबै प्रकारका विभेदको अन्त्य गर्दै जातीय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त नेपाली समाजलाई बृहत् राष्ट्रिय एकताका सूत्रमा आबद्ध हुन प्रेरणा मिल्ने छ।’

प्रकाशित मिति: ०९:२७ बजे, आइतबार, असोज ३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्