Kathmandu Press

अध्यक्ष कप भलिबल प्रतियोगिताको उपाधि जुफाल युवा क्लबलाई

डोल्पा, असोज २ : डोल्पाको ठुलीभेरी नगरपालिका–८ ले आयोजना गरेका पुरुष जिल्लास्तरीय अध्यक्ष कप भलिबल प्रतियोगिताको उपाधि जुफाल युवा क्लबले जितेको छ। भाद्र...
अध्यक्ष कप भलिबल प्रतियोगिताको उपाधि जुफाल युवा क्लबलाई
Hardik ivf

डोल्पा, असोज २ : डोल्पाको ठुलीभेरी नगरपालिका–८ ले आयोजना गरेका पुरुष जिल्लास्तरीय अध्यक्ष कप भलिबल प्रतियोगिताको उपाधि जुफाल युवा क्लबले जितेको छ। भाद्र पूर्णिमाको अवसरमा भदौ २८ देखि सुरु भएको अध्यक्ष कपका लागि दर्ता भएका १३ टिमलाई पछि पार्दै जुफाल युवा क्लबले एक लाख १५ हजार ५५५ रूपैयाँ नगदसहित ट्रफी र प्रमाणपत्र हात पारेको हो।

वडा नं ८ को खेलकूद मैदानमा आज भएको फाइनल खेलमा सूर्यमुखी युवा क्लब ल्हाँलाई हराउँदै जुफाल युवा क्लब विजेता घोषणा भएको हो। त्यसैगरी सूर्यमुखी युवा क्लब दोस्रो भएर ७५ हजार ५५५ रूपैयाँ, ट्रफीसहित प्रमाणपत्र हात पारेको छ।

त्यसैगरी मुड्केचुला युवा क्लब तृतीय भएर ५१ हजार ५५५ रूपैयाँ नगदसहित प्रमाणपत्र पाएको छ। सहभागी १० वटै समूहलाई तीन हजार ५०० रूपैयाँ र प्रमाणपत्र प्रदान गरिएको कार्यक्रम संयोजक मनराम ठकुल्लाले बताए। उत्कृष्ट खेलाडीका रूपमा जुफाल युवा क्लबका सुवास शाही र अनुशासित खेलाडीका रूपमा आयोजक समूहका खेलाडी चन्द्रप्रसाद डाँगीलाई पाँच हजार ५५५ रुपैयाँ र प्रमाणपत्र प्रदान गरिएको छ। कोभिड महामारीलाई मध्यनजर राख्दै उच्च सतर्कता अपनाउन खेलमा उपस्थित सम्पूर्ण खेलाडी र दर्शकलाई मास्क तथा स्यानिटाइजर वितरण गरिएको आयोजकले जनाएको छ।

प्रकाशित मिति: २०:३० बजे, शनिबार, असोज २, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्