Kathmandu Press

बसको ठक्करबाट एक जनाको मृत्यु

चरीकोट, असोज २ : दोलखाको भीमेश्वर नगरापालिका–७ मकैबारीमा भएको सवारी दुर्घटनामा एक जनाको ज्यान गएको छ। दुर्घटनामा परी ज्यान जानेमा मोटरसाइकलमा सवार दोलखा...
बसको ठक्करबाट एक जनाको मृत्यु
Hardik ivf

चरीकोट, असोज २ : दोलखाको भीमेश्वर नगरापालिका–७ मकैबारीमा भएको सवारी दुर्घटनामा एक जनाको ज्यान गएको छ। दुर्घटनामा परी ज्यान जानेमा मोटरसाइकलमा सवार दोलखा कालिञ्चोक गाउँपालिका–९ का २४ वर्षीय सन्तोष थामी रहेको प्रहरी निरीक्षक अन्जन कोइरालाले बताए।

दुर्घटनामा परी भीमेश्वर नगरपालिका–१ सुस्पाक्षमावतीका ५० वर्षीया शारदा थामी र सोही स्थानका १९ वर्षीया सुजीता थामी घाइते भएका छन्। मोटरसाइकलमा तीन जना सवार रहेको र चालक थामीको मृत्यु भएको छ। घाइते दुई जनालाई थप उपचारका लागि काठमाडौं लगिएको छ।

दोलखाको भिमेश्वर मन्दिर दर्शन गरी काठमाडौं फर्कन लागेको बा३ख ४७३३ नंको बस र मकैबारीबाट आउँदै गरेको बा९७प ७९३१ नंको मोटरसाइकल भीमेश्वर नगरपालिका–७ मकैबारीमा एकापसमा ठोक्किएर दुर्घटना भएको थियो। दुर्घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: १८:५२ बजे, शनिबार, असोज २, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्