Kathmandu Press

नेपाल फिलिपिन्ससँग पराजित

काठमाडौं, असोज २ : एएफसी महिला एसियन कप छनोटअन्तर्गतको पहिलो खेलमा नेपाल पराजित भएको छ।उज्वेकिस्तानमा भएको खेलमा सुरुआतमै लिएको अग्रता जोगाएर जित तर्फ...
नेपाल फिलिपिन्ससँग पराजित
फाइल तस्बिर

काठमाडौं, असोज २ : एएफसी महिला एसियन कप छनोटअन्तर्गतको पहिलो खेलमा नेपाल पराजित भएको छ।

उज्वेकिस्तानमा भएको खेलमा सुरुआतमै लिएको अग्रता जोगाएर जित तर्फ अग्रतसर भएको नेपाल अन्तिम ५ मिनेट सम्हालिन नसक्दा फिलिपिन्ससँग २–१ ले पराजित भयो।

Hardik ivf

खेलमा नेपालका लागि विमला चौधरीले गोल गरेकी थिइन् भने फिलिपिन्सका लागि तहनाइस अन्नी र कामिल विल्सनले गोल गरेकी थिए।

फिफा वरीयताम ३३ स्थान माथि रहेको फिलिपिन्सविरुद्ध नेपालले खेलको १०औं मिनेटमा अग्रता लियो। नेपालकी विमला चौधरीले हेडिङमार्फत गोल गर्दै नेपाललाई अग्रता दिलाएकी थिइन्।

विमला पहिलो हाफमा पुरा समय मैदानमा रहन भने सकिनन्। उनी ३९औं मिनेटमा घाइते हुँदै मैदान छाड्न बाध्य भइन्। उनको स्थानमा स्ट्राइकर अनिता बस्नेत मैदान प्रवेश गरेकी थिइन्।

सुरुआतमै लिएको अग्रता नेपालले अन्तिम समयसम्म जोगाउँदै जिततर्फ अग्रसर भएको थियो। तर, अन्तिम ५ मिनेटमा डिफेन्सको गल्तीमा २ गोल खाँदै नेपाल पराजित भयो।

९०औं मिनेटमा तहनाइसले गोल गर्दै फिलिपन्सलाई खेलमा फर्काइन् भने इन्जुरी समयको दोस्रो मिनेटमा अन्नीले गोल गर्दै फिलिपिन्सलाई जित दिलाइन्। 

प्रकाशित मिति: १७:५५ बजे, शनिबार, असोज २, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्