Kathmandu Press

६४ किलो गाँजा बरामद 

काठमाडौं, असोज २ : प्रहरीले सप्तरी र सुनसरीमा ६४ किलो गाँजा बरामद गरेको छ। सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ भलुबा टोलबाट करिब १४ केजी १...
६४ किलो गाँजा बरामद 

काठमाडौं, असोज २ : प्रहरीले सप्तरी र सुनसरीमा ६४ किलो गाँजा बरामद गरेको छ। 

सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ भलुबा टोलबाट करिब १४ केजी १ सय ग्राम अवैध लागूऔषध गाँजा शुक्रबार राति प्रहरीले बरामद गरेको छ।

Hardik ivf

सोही ठाउँ बस्ने कोठारी यादवको घरमा गाँजा लुकाई राखेको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय भारदहबाट र जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा प्लाष्टिकको बोरा भित्र उक्त परिमाणको गाँजा फेला पारी बरामद गरेको हो। हाल फरार यादवको प्रहरीले खोजी गरिरहेको छ। 

सुनसरीको कोसी गाउँपालिका–७ स्थित कोशी नदीको किनारको झारीमा बेवारिसे अवस्थामा रहेको करिब ६० केजी अवैध लागूऔषध गाँजा शुक्रबार राति प्रहरीले बरामद गरेको छ।

उक्त स्थानामा अवैध लागूऔषध गाँजा रहेको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी चौकी हरिपुरबाट खटिएको प्रहरीले उक्त गाँजा फेला पारी बरामद गरेको हो। यस सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
 

प्रकाशित मिति: १७:२० बजे, शनिबार, असोज २, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्