Kathmandu Press

डुबेर तीनजनाको मृत्यु

काठमाडौं, असोज २ : रौतहट, तनहुँ र सिन्धुपाल्चोकमा पाेखरी, नहर र खाेलामा डुबेर तीनजनाको मृत्यु भएको छ।रौतहट, तनहुँ र सिन्धुपाल्चोकमा डुबेर तीनजनाको मृत्यु भएको छ।रौतहटको देवाही गोनाही नगरपालिका(६ कर्कच बस्ने मोहन लाल साह तेलीको छोरी २...
डुबेर तीनजनाको मृत्यु

काठमाडौं, असोज २ : रौतहट, तनहुँ र सिन्धुपाल्चोकमा पाेखरी, नहर र खाेलामा डुबेर तीनजनाको मृत्यु भएको छ। 

रौतहटको देवाही गोनाही नगरपालिका-६ कर्कच बस्ने मोहन लाल साह तेलीको छोरी २ वर्षीया ज्योती कुमारी साहको आफ्नै घर छेउमा रहेको सिंचाई नहरको पानीमा खेल्ने क्रममा डुबेर शुक्रबार दिउँसो मृत्यु भएको छ।

Hardik ivf

तनहुँको बन्दिपुर गाउँपालिका–५ थुम्का बस्ने १९ वर्षीया मनिका नेपालीको आबुखैरेनी गाउँपालिका–१ आधीँखोला कतुसेरुवामा पौडी खेल्ने क्रममा डुबेर शुक्रबार दिउँसो मृत्यु भएको छ ।

सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–५ माझिबगरस्थित ईन्द्रावती खोलामा डुबेर सोही नगरपालिका–५ सूर्यकोट बस्ने ५५ वर्षीया जुना सार्की शुक्रबार बिहान मृत्यु भएको छ।  
 

प्रकाशित मिति: १६:४२ बजे, शनिबार, असोज २, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्