दुई माेटरसाइकल जुध्दा एकजनाको मृत्यु
धनुषा, असोज २ : धनुषामा भएको सवारी दुर्घटनामा एजनाको मृत्यु भएको छ।धनुषाको मिथिला नगरपालिका–६ ढल्केवरस्थित सडकमा स५प ५९२६ नम्बरको मोटरसाइकल र लु७२ प...
धनुषा, असोज २ : धनुषामा भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ।
धनुषाको मिथिला नगरपालिका–६ ढल्केवरस्थित सडकमा स५प ५९२६ नम्बरको मोटरसाइकल र लु७२ प ४७९२ नम्बरको मोटरसाइकल आपसमा ठक्कर खाई शुक्रबार दिउँसो दुर्घटना हुँदा ५९२६ नम्बरका चालक सिरहा विष्णुपुर नगरपालिकाका ३० वर्षीय रुपेशकुमार यादवको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा घाइते ४७९२ का चालक धनुषा गणेशमान चारनाथ नगरपालिका–६ का ४३ वर्षीय मोहमद हासिमको उपचार भइरहेको प्रहरीको भनाइ छ।
प्रकाशित मिति: १६:३७ बजे, शनिबार, असोज २, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार










-1783320892.png)

