Kathmandu Press

सुर्खेतमा वन्यजन्तुको छालासहित चार जना पक्राउ

सुर्खेतमा वन्यजन्तुको छालासहित चार जना पक्राउ

सुर्खेत, असोज २ : सुर्खेतमा प्रहरीले संरक्षित वन्यजन्तुको छालासहित चार जनालाई पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा कालीकोटको रास्कोट नगरपालिका–८ का २८ वर्षीय मनबहादुर बुढा तथा दैलेखको ठाटीकाँध गाउँपालिका–६ का ३३ वर्षीय विष्णु रावत, नारायण नगरपालिका–१० का २१ वर्षीय पूर्ण बस्नेत र २५ वर्षीय नरेन्द्र थापा रहेको प्रहरी निरीक्षक कनकबहादुर शाहीले जानकारी दिए। 

प्रहरीले वीरेन्द्रनगर नगरपालिका–७ स्थित एक होटलबाट संरक्षित वन्यजन्तुको सूचीमा रहेका हाब्रेलगायतको छालासहित चारै जनालाई पक्राउ गरेको हो। पक्राउ परेका चारै जनालाई डिभिजन वन कार्यालयलाई बुझाएको छ। 
 

प्रकाशित मिति: १६:१४ बजे, शनिबार, असोज २, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्