प्रेमिकाको हत्या गरी फरार भएका राजेश १२ वर्षपछि पक्राउ
काठमाडौं, साउन १२ : हत्या गरी फरार रहेका काभ्रे आम्बोटेका राजेश लामालाई प्रहरीले पक्राउ गरेको छ।
१२ वर्षअघि मकवानपुरकी सुनिता लामालाई ल....

काठमाडौं, साउन १२ : हत्या गरी फरार रहेका काभ्रे आम्बोटेका राजेश लामालाई प्रहरीले पक्राउ गरेको छ।
१२ वर्षअघि मकवानपुरकी सुनिता लामालाई ललितपुरको इमाडोलमा विभत्स हत्या गरी फरार रहेका लामालाई प्रहरीले ललितपुरको सानेपाबाट पक्राउ गरेको हो। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले अनुसन्धानको क्रममा सुनिता लामाको हत्यामा संलग्न राजेशलाई साउन १० गते पक्राउ गरी आइतबार सार्वजनिक गरेको हो।
ब्युरोका डिआईजी निरजबहादुर शाहीले पक्राउ परेका लामाले आफूसँग विवाहका लागि टिकाटालो समेत गरेकी सुनिताले अन्तिममा आएर विवाह नगर्ने भनेपछि आफूले हत्या गरेको बयान दिएको पनि जानकारी दिए।
विवाह हुने मितिभन्दा अघिल्लो दिन २०६४ साल मंसिर २७ गते विवाह नगर्ने जवाफ सुनिताबाट आएपछि राजेशले आफूलाई बेइज्जत भएको महसुस गरी हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ।

-1784896419.png)









