जोरपाटीबाट ४ लाख ७४ हजार ७५ नगदसहित २० जुवाडे पक्राउ
काठमाडौं, असोज २ : जुवातास खेलिरहेको अवस्थामा काठमाडौंको जोरपाटीबाट २० जना पक्राउ परेका छन्।जुवातास खेल्नेखेलाउने कार्य भइरहेको भन्ने गोप्य सूचना प्राप्त भएपछि प्रहरी...
काठमाडौं, असोज २ : जुवातास खेलिरहेको अवस्थामा काठमाडौंको जोरपाटीबाट २० जना पक्राउ परेका छन्।
जुवातास खेल्नेखेलाउने कार्य भइरहेको भन्ने गोप्य सूचना प्राप्त भएपछि प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले शुक्रबार राति ११ बजे गोकर्णेश्वर नगरपालिका-५ जोरपाटी चामुण्डागेटस्थित तिब्बतियन क्याम्पभित्र रहेको तेन्जिङ छोप्याक भन्ने धावा ढुण्डुपको घरबाट उनीसहित २० जनालाई पक्राउ गरेको हो।
जुवाखालबाट ४ लाख ७४ हजार ७५ रुपैयाँ नगदसहित कौडा सय थान, २० बुक तास र क्यासिनोमा प्रयोग हुने क्वाइन ४ सय ६४ थान पनि बरामद गरिएको प्रहरीको भनाइ छ।
प्रकाशित मिति: १३:२७ बजे, शनिबार, असोज २, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार










-1783320892.png)

