Kathmandu Press

‘जनताको आर्थिक समृद्धिले प्रदेशको विकास सम्भव’

कर्णाली, असोज २ : कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले जनताको आर्थिक समृद्धिबाट मात्र कर्णालीको समग्र विकास हुने बताएका छन्। संयुक्त राष्ट्रसङ्घ नेपालको प्राविधिक सहयोगमा...
‘जनताको आर्थिक समृद्धिले प्रदेशको विकास सम्भव’

कर्णाली, असोज २ : कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले जनताको आर्थिक समृद्धिबाट मात्र कर्णालीको समग्र विकास हुने बताएका छन्। 

संयुक्त राष्ट्रसङ्घ नेपालको प्राविधिक सहयोगमा कर्णाली प्रदेश योजना आयोगद्वारा राजधानी सुर्खेतको वीरेन्द्रनगरमा आयोजित ‘दिगो विकास लक्ष्य कार्यक्रमको सप्ताह २०७८ को’ उद्घाटन गर्दै उनले प्रदेशको विकास यहाँका जनताको आर्थिक समृद्धिसँग जोडिएको बताए। 

Hardik ivf

‘कर्णालीवासीलाई आर्थिकरुपमा सम्पन्न बनाई आत्मनिर्भर बनाउन विभिन्न लक्षित वर्ग विशेष कार्यक्रम सडक, सिँचाइ, स्वास्थ्य, शिक्षालगायतका महत्वपूर्ण क्षेत्रमा जोड दिएका छौँ,’ उनले भने, ‘जनताको आर्थिक उत्पादन वृद्धि गर्न प्रदेश सरकारले जनमुखी कार्यक्रम सञ्चालन गरेको छ।’ यहाँको समग्र विकासका लागि प्रदेश सरकारले दिगो विकास लक्ष्यलाई प्राथमिकता दिएको मुख्यमन्त्री शाहीले जनाए। 

प्रदेशको विकासमा योगदान पु¥याउन आम नागरिकले उत्पादन र श्रममा विश्वास गर्नुपर्नेमा जोड दिँदै उनले उत्पादक जनशक्तिको विकास आजको प्रमुख आवश्यकता रहेको औँल्याए। नेपालको राजनीतिक स्कुलिङ सही नभएको कारण युवा गलत बाटोमा लाग्ने गरेको उल्लेख गर्दै उनले अबको स्कुलिङ युवा तथा आम नागरिकलाई उत्पादन र श्रममा जोड्नतर्फ केन्द्रित हुने बताए।

कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष डा सर्वराज खड्कालले दिगो विकास लक्ष्य कार्यान्वयन गरी यहाँको विकास र समृद्धिमा सहयोग पु¥याउने उद्देश्यले सप्ताहव्यापी कार्यक्रम आयोजना गरिएकोे जानकारी दिए। उपाध्यक्ष डा खड्काका अनुसार सप्ताहमा प्रदेशको समग्र विकासको विभिन्न सरोकारवालासँगको गहन छलफल, बहस, दिगो विकास लक्ष्यको कार्यान्वयनमा प्रभावकारी भूमिकालगायतका विषयमा छलफल हुनेछ।

कार्यक्रममा प्रदेश सरकारका मन्त्री, प्रदेशसभाका सदस्य, प्रदेश सरकारका प्रमुख सचिव तथा सचिव, प्रदेश जिल्ला समन्वय समिति महासङ्घ, प्रदेश नगरपालिका तथा गाउँपालिका महासङ्घका प्रमुख, युएन एजेन्सी, प्रदेश गैरसरकारी संस्था महासङ्घ नेपालका प्रतिनिधि र निजी क्षेत्रका प्रतिनिधिको सहभागिता रहेको योजना आयोगले जनाएको छ। रासस
 

प्रकाशित मिति: ०८:५६ बजे, शनिबार, असोज २, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्