एएफसी कप : आज नेपाल फिलिपिन्ससँग भिड्दै
काठमाडौं, असोज २ : एएफसी महिला एसियन कप–२०२२ पहिलो छनोट खेलमा आज नेपालले फिलिपिन्सको सामना गर्ने भएको छ।उज्वेकिस्तानको जेएआर स्टेडियममा नेपाली समयअनुसार दिउँसो...
काठमाडौं, असोज २ : एएफसी महिला एसियन कप–२०२२ पहिलो छनोट खेलमा आज नेपालले फिलिपिन्सको सामना गर्ने भएको छ।
उज्वेकिस्तानको जेएआर स्टेडियममा नेपाली समयअनुसार दिउँसो ३ः४५ बजे नेपाल र फिलिपिन्सको खेल हुनेछ। समूह ‘एफ’ मा नेपालसँगै फिलिपिन्स र हङकङ छन्।
नेपालले अर्को खेल असोज ५ गते हङकङसँग हुनेछ। यस समूहको फिलिपिन्स र हङकङबीचको खेल असोज ८ गते हुनेछ।
समूहको शीर्ष टोलीले अर्को वर्ष भारतमा हुने एसियन कप खेल्न पाउनेछ। एसियन कप जनवरी २० देखि फेब्रुअरी ६ सम्म हुने तय भएको छ।
छनोटअघि नेपालले घरेलु मैदानमा बंगलादेशविरुद्ध मैत्रीपूर्ण फुटबल खेलेको थियो। बंगलादेशसँग दुई खेल खेलेको महिला टोलीले एकमा जित र एकमा बराबरी नतिजा निकालेको थियो।
फिलिपन्ससँगको खेलका लागि नेपाली टोली गत सोमबार नै उज्वेकिस्तान गएको थियो। नेपाली टोली जितका लागि मैदानमा उत्रिनेछ।
प्रकाशित मिति: ०८:४५ बजे, शनिबार, असोज २, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












