Kathmandu Press

काष्ठमण्डप पुनः निर्माण ९६ प्रतिशत सकियो

काठमाडौं, असोज २ : ऐतिहासिक काष्ठमण्डपको पुनःनिर्माण दशैंअघि नै सक्ने लक्ष्यका साथ काम अघि बढाइएको छ। अहिले  ९६ प्रतिशत काम सम्पन्न भएको छ।काष्ठमण्डप...
काष्ठमण्डप पुनः निर्माण ९६ प्रतिशत सकियो

काठमाडौं, असोज २ : ऐतिहासिक काष्ठमण्डपको पुनःनिर्माण दशैंअघि नै सक्ने लक्ष्यका साथ काम अघि बढाइएको छ। अहिले  ९६ प्रतिशत काम सम्पन्न भएको छ।

काष्ठमण्डप पुनःनिर्माण समितिका अध्यक्ष राजेश शाक्यका अनुसार थोरै काम मात्र बाँकी रहेकाले दशैंसम्म सक्ने लक्ष्य छ। यसबीचमा केही अवरोध नआए दशैंअघि काम सम्पन्न हुने उनले बताए। अन्य निर्माण सम्पन्न गरी अहिले छानो छाउने काम भइरहेको छ।

Hardik ivf

विसं २०७२ वैशाख १२ गते आएको भूकम्पले काष्ठमण्डप पूर्णरुपमा क्षति भएको थियो। सातौं शताब्दीमा निर्माण गरिएको यस सम्पदाको पुनःनिर्माणका लागि काठमाडौँ महानगरपालिकाले आर्थिक सहयोग गरेको छ।

पुनःनिर्माणको काम २०७५ को वैशाखदेखि सुरु गरिएको हो। निर्माणका लागि कामपाले हालसम्ममा रु ११ करोड ५० लाख दिइसकेको छ।

पुनः निर्मित उक्त ऐतिहासिक सम्पदामा गत साउन दोस्रो साता मूल गजुर भित्र्याइएको थियो। काष्ठमण्डपसँगैको श्रीखण्डतरुमुल महाविहारभित्र तीन दिनसम्म गुप्त तान्त्रिक पूजा गरी उक्त गजुरलाई भित्र्याइएको हो।

गजुरलाई काष्ठमण्डपभित्र बिसाइ सकेपछि सिँख्वःमूबहाःया पण्डित प्रा यज्ञमानपति बज्राचार्यको नेतृत्वमा सोही बहालका गुर्जुले चर्या नृत्यसहित प्रतिस्थापन पूजा गरिएको थियो। सालको काठबाट बनाइएको गजुरमा १३ चक्की छन्।

उक्त सम्पदा पुनःनिर्मणका लागि जम्मा १७ हजार ५८ क्युफिट काठ आवश्यक पर्दछ। प्रयोग हुने काठमध्ये केही यसअघिकै पुराना काठको प्रयोग भए पनि नयाँ केही काठ भने टिम्बर कर्पोरेसन अफ नेपालसँग लिखित सम्झौता गरी ल्याइएको हो।

प्रकाशित मिति: ०८:३४ बजे, शनिबार, असोज २, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्