Kathmandu Press

नेपाल-भारतबीचको व्यापार र लगानी सरकारको उच्च प्राथमिकताः प्रधानमन्त्री

काठमाडौं, साउन १२ : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल–भारतबीचको व्यापार र लगानीलाई सरकारले उच्च प्राथमिकता दिएको बताएका छन्।

आ....

नेपाल-भारतबीचको व्यापार र लगानी सरकारको उच्च प्राथमिकताः प्रधानमन्त्री

काठमाडौं, साउन १२ : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल–भारतबीचको व्यापार र लगानीलाई सरकारले उच्च प्राथमिकता दिएको बताएका छन्।

आइतबारदेखि काठमाडौंमा सुरु भएको ‘नेपाल–भारत पारवहन सहजीकरण सम्मेलन’ को उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सडक र रेल सेवाको विस्तार गरेर दुई मुलुकबीचको व्यापारलाई सहज बनाउन सरकार लागि परेको बताएका हुन्।

उनले दुवै मुलुकको आर्थिक विकास र जनतासँगको सम्बन्धलाई विस्तार गर्न पनि पारवहन सहजीकरणमा जोड दिनुपर्ने बताए। प्रधानमन्त्री ओलीले नेपालको व्यापारको ठूलो हिस्सा भारत भएकाले त्यसलाई अझै सहज ढंगले अघि बढाउनुपर्नेमा पनि जोड दिए। 

उनले छोटो समयमै नेपालमा सहज ढंगले सामानहरुको ढुवानी हुने गरी पारबहन सहजीकरण गर्न भारतीय पक्षबाट आवश्यक सहयोगको अपेक्षा गरिएको पनि बताए। 

कार्यक्रममा नेपालका लागि भारतीय राजदूत मञ्जीवसिंह पुरीले नेपालको समृद्धिका लागि आवश्यक सबै खालको सहयोग गर्न भारत तयार रहेको बताएका थिए।

दुई दिनसम्म चल्ने सम्मेलनमा दुवै देशका व्यापारी तथा वाणिज्य क्षेत्रका विज्ञहरु, सरकारी पदाधिकारीहरुले दुई मुलुकबीच हुने आयात÷ निर्यात सहजीकरणका विषयमा विस्तृत छलफल गर्नेछन्। 
 

प्रकाशित मिति: १५:३५ बजे, आइतबार, साउन १२, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्