Kathmandu Press

करेन्ट लागेर दुई जनाको मृत्यु

काठमाडौं, असोज १ : मोरङको रतुवामाई नगरपालिका ८ मा शुक्रबार बिहान करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ३८ वर्षीय रमेश...
करेन्ट लागेर दुई जनाको मृत्यु

काठमाडौं, असोज १ : मोरङको रतुवामाई नगरपालिका ८ मा शुक्रबार बिहान करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ३८ वर्षीय रमेश निरौला रहेका छन्। 

मोटर चलाई मोटरसाइकल धुने क्रममा करेन्ट लागेर अशक्त भएका उनको लाईफलाईन अस्पताल दमक झापामा उपचारको क्रममा मृत्यु भएको हो। 

Hardik ivf

त्यस्तै, सिरहा, धनगढीमाई नगरपालिका १ जयपुरकी ३५ वर्षीया सुशिला देवी महतोको पनि करेन्ट लागेर मृत्यु भएके छ। 

शुक्रबार बिहान आफ्नै घरमा भाँडा मस्काउने क्रममा उनलाई कल धारामा जडान गरेको पानी तान्ने मोटरको तारबाट करेन्ट लागेको थियो। करेन्ट लागेर अशक्त भएकी उनको उपचारको लागि आरके मेडिसिटी अस्पताल धनगढीतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो। 

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित मिति: १९:२८ बजे, शुक्रबार, असोज १, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्